एकल विद्यालयको २५ औं स्थापना दिवसमा विविध कार्यक्रम

2022-03-06 मा प्रकाशित

झापा,२२ फागुन । जनकल्याण प्रतिष्ठान एकल विद्यालयले २५ औं स्थापना दिवस देशभर विविध कार्यक्रका साथ मनाएको छ ।
दिवसकै अवसरमा शनिबार हल्दिबारी गाउँपालिका स्थित अधिकारी चोकमा विविध कार्यक्रम सम्पन्न भएको छ । लक्ष्मी नारायण मन्दिर समितिका अध्यक्ष हरि गौतमको सभापतित्व तथा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लिङदेनले हिन्दु धर्म, संस्कार र संस्कृतिको संरक्षणमा एकल विद्यालयले समाजमा पुर्याएको योगदानको चर्चा गर्दै संस्कार मुलक समाज निर्माणको लागि हरेक गाउँमा एकल विद्यालय सञ्चालन गर्नु पर्ने बताए ।


सो अवसरमा संगठनको कार्ययोजना, आवश्यक्ता र औचित्य माथि राष्ट्रिय ग्रामोत्थान योजना प्रमुख ) अमरेन्द्र कुमार ठाकुरले प्रकास पारेका थिए । कार्यक्रममा वडानम्बर ५ का सचिव भजन संग्रौला, वडा सदस्य तारा ढकाल, धार्मिक अभियान्ता मणि कुमार राई, जगन्नाथ भण्डारी, एकल अभियान प्रदेश १ का उपाध्यक्ष सोमनाथ सुवेदी, विश्व हिन्दु परिषद नेपालकी बिराटनगर सम्भागको महिला बिभाग प्रमुख श्रीमती सीता ढुंगेल, बिराटनगर भाग प्रमुख श्रीमती योगमाया न्यौपाने, एकल विद्यालयकी जिल्ला प्रमुख श्रीमती खिनमाया फुयाल लगायतले एकल विद्यालयको आवश्यक्ताको बारेमा प्रकास पारेका थिए ।
सो अवसरमा सहभागि बिभिन्न एकल विद्यालयहरुले सामुहिक तथा एकल नृत्य, कविता प्रतियोगिता, राष्ट्रिय भक्तिका गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा श्रीलक्ष्मी नारायण एकल विद्यालयले योग गीत प्रस्तुत गरेको थियो भने किराँतेश्वर एकल विद्यालयका छात्र छात्राहरुले देश भक्तिका गीत प्रस्तु गरेका थिए । वक्तित्वकला प्रतियोगितामा सिद्ध काली एकल विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए । त्यसैगरी नृत्य प्रतियोगितामा नव दुर्गा एकल विद्यालयका छात्र छात्रा सहभागि बनेका थिए ।
कार्यक्रममा संच प्रमुख शोभा आले मगर, पिताम्बर बराल , सरु न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
ग्राम समितिका अध्यक्षा भोजनाथ ढकालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्च प्रमुख श्रीमती माया मैनालीले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु