मेची–महाकाली संयुक्त बुहारी आवाजद्वारा हर्षकुमारी सम्मानित

2022-03-07 मा प्रकाशित

विर्तामोड । मेची–महाकाली संयुक्त बुहारी आवाज झापाले प्रजातान्त्रिक आन्दोलनकी अग्रणी योद्धा झापा चन्द्रगढी निवासी हर्षकुमारी थपलियालाई सम्मान गरेको छ ।
११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर चन्द्रगढीस्थित उहाँको निवासमै पुगेर बुहारीहरुको संस्थाले दोसल्ला, सम्मान पत्र र नगद ११ हजार १ सय १५ रुपैयाँसहित थपलियालाई सम्मान गरेको हो ।
संस्थाका अध्यक्ष शिखा खड्का गणेश, कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कांग्रेस झापाका सदस्य रमेश पोखरेल, प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेली, राप्रपा नेपालकी नेतृ एवं आयोजक संस्थाकी सल्लाहकार राधा कार्कीसहित बुहारीहरुको समूहले थपलियालाई सम्मान गरेको हो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि रमेश पोखरेलले हर्षकुमारी आमाहरुको सिद्धान्तप्रतिको निष्ठा, प्रजातान्त्रिक शासन ब्यवस्थाको अटल चाहना र निरंकुशताको अन्त्यका लागि निष्ठापूर्ण आन्दोलनकै कारण अहिलेको परिवर्तन सम्भव भएको बताउँदै राजनीतिलाई सेवाको माध्यम बनाउनुपर्नेमा जोड दिए।
नेपाल प्रेस युनियन झापाकी अध्यक्ष इन्दु पूर्वेलीले लगभग सातबर्षकै उमेरदेखि राजनीतिक चेत भएकी हर्षकुमारीले गरेको संघर्षको कथा, पद र प्रतिष्ठाको मोह नराखी गरेको संघर्ष आजका पुस्ताका लागि प्रेरणा र ऊर्जाको स्रोत हुने बताउँदै उहाँको सम्मानले समस्त प्रजातन्त्रवादीहरुको सम्मान हुने धारणा राखिन् । झापा अध्यक्ष शिखा खड्का गणेशको सभापतित्वमा र्काक्रम सम्पन्न भएको थियो । सिखा अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन कविता थापाले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु