अन्तर्राष्ट्रिय नारी दिवसमा महिला संघको अन्तरक्रिया तथा सम्मान

2022-03-08 मा प्रकाशित

मेचीनगर । ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मेचीनगरमा बिभिन्न संघ संस्थाले विविध कार्यक्रम आयोजना गरेको छ । दिवसको अवसरमा नेपाल महिला संघ मेचीनगर ५ ले अन्र्तक्रिया तथा सम्मान गरेको छ ।


नेपाल महिला संघ वडासभापति दया चौहानको सभापतित्व तथा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि दुर्गा खतिवाडा को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा काँग्रेस क्षेत्र (क) सभापति हरि बुढाथोकी, क्षेत्रीय सचिव दीपक काफ्ले,  क्षत्रीय सदस्य भावना अधिकारी, मेचीनगर उपसभापति योगेन्द्र थापा, मेचीनगर ५ वडा सभापति नारायण खड्का, चन्द्र कोइराला लगायतले महिला सशक्तिकरणका बारेमा बोलेका थिए ।
सो अवसरमा ८ जना श्रमजिवी महिलाहरुलाई सम्मान गरिएको थियो । प्रदेश प्रतिनिधि सदस्य चन्द्रकला विकले स्वागत गरेको कार्यक्रमको सञ्चालन महिला संघ वडा सचिव दुर्गा देवकोटाले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु