
2022-03-08 मा प्रकाशित
मेचीनगर । ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मेचीनगरमा बिभिन्न संघ संस्थाले विविध कार्यक्रम आयोजना गरेको छ । दिवसको अवसरमा नेपाल महिला संघ मेचीनगर ५ ले अन्र्तक्रिया तथा सम्मान गरेको छ ।
नेपाल महिला संघ वडासभापति दया चौहानको सभापतित्व तथा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि दुर्गा खतिवाडाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र (क) सभापति हरि बुढाथोकी, क्षत्रीय सचिव दीपक काफ्ल्े , क्षेत्रीय सदस्य भावना अधिकारी, मेचीनगर उपसभापति योगेन्द्र थापा, मेचीनगर ५ वडा सभापति नारायण खड्का, चन्द्र कोइराला लगायतले महिला सशक्तिकरणका बारेमा बोलेका थिए ।
सो अवसरमा ८ जना श्रमजिवी महिलाहरुलाई सम्मान गरिएको थियो । प्रदेश प्रतिनिधि सदस्य चन्द्रकला विकले स्वागत गरेको कार्यक्रमको सञ्चालन महिला संघ वडा सचिव दुर्गा देवकोटाले गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस्