मेचीनगरको नवौँ नगर सभा बुधबारबाट सुरु

2022-03-09 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिकाको नवौँ नगर सभा बुधबारबाट सुरु भएको छ । नगरपालिकाको सभा हलमा भएको नगर सभाको उद्घाटन प्रदेश १ का सांसद गोपालचन्द्र बुढाथोकीले गरेका थिए । उनले गमलाको फुलमा पानी हालेर नगर सभाको विधिवत रुपमा उद्घाटन गरेका थिए ।

नगर सभामा नगर प्रमुख विमल आचार्यले आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले नगरमा सञ्चालित महत्वपूणर् योजनाहरु कति पूरा भए र कतिपय कार्यान्वयनको पक्षमा रहेको जानकारी गराएका थिए । उनले यो अवधिमा नगरले समग्रमा विकासमा फड्को मारेको दाबी गरे ।

प्रमुख आचार्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । नगर सभामा १५ वटै वडाका वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्यको उपस्थिति रहेको थियो । उनीहरु बीचमा नीति तथा कार्यक्रममाथि छलफल गरेर पारित गरिनेछ ।

नगर सभा उद्घाटन कार्यक्रममा प्रदेश सांसद राधा थापा, नेकपा माओवादी केन्द्रका मेचीनगर इन्चार्ज पुष्प गुरागाईं, काँग्रेसका नगर सचिव मुकेश लिम्बू, जसपाका नगर अध्यक्ष ओमप्रकाश खापुङ, राप्रपा मेचीनगर अध्यक्ष सविना बजगाईं लगायत सबै पार्टी प्रतिनिधिको उपस्थिति रहेको थियो ।

मेचीनगर उपप्रमुख मीना उप्रेती पोखरेलले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु