धुलाबारी खानेपानी उपभोक्ता समितिको २१औं वार्षिक साधारण सभा सम्पन्न

2022-03-11 मा प्रकाशित

डम्बर बराल
धुलाबारी,२७ फागुन । धुलाबारी खानेपानी उपभोक्ता समितिको २१औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
धुलाबारी स्थित टाउन हलमा आयोजित साधारण सभाको उद्घाटन् मेचीनगर नगरपालिका प्रमुख बिमल आचार्यले गरेका थिए ।


कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख आचार्यले पर्यावरणको विनास र चरम प्राकृतिक दोहनका कारण खानेपानीको संकट बढी रहेको बताए । शुद्ध खानेपानी पिउन पाउनु नागरिकको नैशर्गिक अधिकार हो, नगर प्रमुख आचार्यले भने, ‘आज प्राकृतिक दोहन बढेको छ , चुरे क्षेत्रका बनजंगल रातारात काटेर मरुभूमि जस्तो देखिन थालको छ, सडक विस्तारको नाममा चुरे मासिदै छ ।’ वन विनास र चुरे दोहन समयमै रोक्न नसके पानीको चरम संकटको सामना गर्नु पर्ने अवस्था आउने उनको भनाई थियो । नगरप्रमुख आचार्यले खानेपानी संकट समाधानकै लागि नगरपालिकाले प्राधिकरण ऐन निर्माण गरेर प्राधिकरण मार्फत बृहत खानेपानी परियोजनाको तयारीमा जुटेको बताए ।
कार्यक्रमकी विशिष्ट अतिथि मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले मेचीनगरमा साना ठूला २९ वटा खानेपानी आयोजना मार्फत शुद्ध खानेपानी उपलब्ध गराउने प्रयास भइरहेको भएपनि त्यो पर्याप्त नभएको बताइन् । उनले दीर्घकालिन पानीको श्रोत व्यवस्थापनको दिशामा नगरपालिका अघि बढेको र सो को लागि करोडौं लागानी भइरहेको उनको भनाई थियो ।


साना ठूला २९ वटा खानेपानी आयोजना भएपनि काँकरभिट्टा, धुलाबारी र चारआली खानेपानी आयोजनाले ७० प्रतिशत उपभोक्तालाई शुद्ध खानेपानी उपलव्ध गराउन सफल भएको उनले बताइन् ।
धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष अजय घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष घिमिरेले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । धुलाबारी क्षेत्रमा बढदो शहरीकरण तथा जनसंख्याको चापलाई बर्तमान श्रोत र साधनले मात्र धान्न कठिनाई भइरहकै अवस्थामा यस क्षेत्रको पानीको मागलाई व्यवस्थित ढंगबाट आपूर्ति गर्न समितिले संस्थाको नाममा खरिद गरेको मे.न..पा.वडानम्बर १०मा रहेको ५ कठ्ठा जग्गामा मेचीनगर सहलगानी खानेपानी अन्र्तगत ओभर हेड ट्याङक निर्माण तथा पाइपलाइन विस्तारको काम सुरु गरेको, त्यसैगरी खानेपानीमा थप आत्मनिर्भर बन्नको लागि संस्थाको स्वामित्वमा मेचीनगर ९ मा रहेको ५ कठठा जग्गामा समेत ओभर हेड ट्याङकी निर्माण गर्नको लागि सहलगानी कार्यक्रम अन्र्तगत संघिय सरकार सहलगानी विभागमा प्रस्ताव पेश गरेको र यसै वर्ष सम्भाव्यता अध्यन गरिने, तथा विभिन्न क्षेत्रमा थप पाइपलाइन विस्तार गर्ने लागायत उपभोक्तालाई राहात उपलव्ध गराउने खालका विषय बस्तु अध्यक्षको प्रतिवेदनमा उल्लेख ।


कार्यक्रममा खानेपानी उपभोक्ता समितिका पूर्व अध्यक्ष मणि कुमार उप्रेती, मेचीनगर नगरपालिकाका संस्थापक उपप्रमुख चन्द्र भण्डारी, नेकपा एमाले मेचीनगर कमिटिका अध्यक्ष राजु पोख्रेल , नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तेजप्रसाद चौलागाई, जनता समाजवादीका जिल्ला उपाध्यक्ष गोकुल हुमागाई , चारआली खानेपानी उपभोक्ता समितिका अध्यक्ष मधुसुदन निरौला, धुलाबारी क्याम्पस प्रमुख पुष्पराज पौडेल , मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना, गैरसरकारी संस्थाका तर्फबाट संगीता थापा, नेकपा माओवादी केन्द्र मेचीनगरका सचिव ज्ञानेन्द्र घिमिरे लगायतले खानेपानीको दीर्घकालिन श्रोतको विकासमा जुट्न् पर्ने बताए ।
उपाध्यक्ष चेतन विष्टले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव कञ्चन तामाङले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु