मेचीनगरमा सुरु भयो आम औषधि कार्यक्रम

2022-03-11 मा प्रकाशित

मेचीनगर, २७ फागुन । हात्तीपाइले रोग निवारण सम्बन्धी ‘आम औषधि सेवन अभियान–२०७६’ अन्तर्गत मेचीनगरमा आज शुक्रबारबाट अभियान सुभारम्भ गरिएको छ ।
नगरप्रमुख बिमल आचार्यले औषधि सेवन गरेर आम औषधि सेवन अभियान सुरु भएको घोषणा गरेका थिए । नगर प्रमुख आचार्यले भोली शनिबारदेखि नगरका १५ वटै वडामा औषधि वितरण अभियान थालिने र सवैले औषधि सेवन गर्न अनुरोध समेत गरे ।

कार्यक्रममा मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेती, मेचीनगर ६ का वडाध्यक्ष ललित बहादुर तामाङ, मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, लगायतको सहभागिता  रहेको थियो ।

हात्तीपाइलेको औषधि दुईदेखि पाँच वर्ष उमेरका लागि एक चक्की, छदेखि १४ वर्षका लागि दुई चक्की, १५ वर्ष भन्दा माथिका लागि तीन चक्की र जुकाका औषधि सबैलाई एक÷एक चक्की वितरण गर्ने कार्यक्रम रहेको छ ।

हात्तीपाइले सरुवा रोग हो । यो बाँक्रोफ्टी नामक फाइलेरिया परजीवीबाट लाग्ने गर्दछ । यो रोग लागेमा सुन्निएको अङ्गलाई दैनिक साबुन पानीले सफा गर्नुपर्छ ।

यो रोग लागेपछि हाइड्रोसिल, यौनाङ्ग सुुन्निने, खुट्टा फुल्ने हिँड्डुल गर्न नसकिनेलगाएतका समस्या निम्तन्छन् । यसको समयमै उपचार गर्न सके निको पार्न सकिन्छ ।

हात्तीपाइले जस्ता रोगले मानिसलाई अपाङ्ग एवं शारीरिक रुपमा कमजोर गर्ने भएकाले सबैलाई औषधि सेवन गर्न स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु