कांग्रेस जिताऔं अभियान धुलाबारीमा

2022-03-14 मा प्रकाशित

धुलाबारी। स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले थालेको ‘गाउँ–गाउँ जाऔं–कांग्रेस जिताऔं’ अभियान अन्तरगत सोमबार झापाको धुलाबारीमा अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै झापाका लागि खटिनुभएका केन्द्रीय प्रतिनिधि उमेशजंग रायमाझीले कांग्रेस केन्द्रीय समितिले एमसिसिकाबारे जनतामा रहेको भ्रम र यथार्थबारे जानकारी गराउने, स्थानीय निर्वाचन परिणामका लागि कांग्रेसको पक्षमा माहौल बनाउने, पार्टी कार्यकर्ताबीचमा एकता र ऊर्जा अभिबृद्धि गर्ने, विधान बमोजिम कार्यविभाजन गरी सबै कार्यकर्तालाई जिम्मेवारी दिने, नेपाली कांग्रेसको नेतृत्वमा भएका राजनीतिक, आर्थिक उपलब्धिहरु जनतासमक्ष पु¥याउने लगायतका लक्षसहित अभियान थालिएको बताउनुभयो ।

आगामी चैत २९ गतेसम्म हुने अभियान अन्तर्गत जनताका घरदैलोमा पुगेर स्थानीय निर्वाचनमा आम मतदातालाई मतदानस्थलसम्म पु¥याउने लक्ष रहेको उहाँको भनाई थियो । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले गत फागुन ३ गते सम्पन्न बैठकबाटै नेपाली कांग्रेसको संगठन सुदृढिकरणका लागि वडा तहमा जिल्ला प्रतिनिधि खटाइसकेको जानकारी दिनुभयो ।

महाधिवेशन प्रतिनिधि, सम्बन्धित क्षेत्रका जिल्ला सदस्य, वडामा खटिएका जिल्ला प्रतिनिधिहरु, क्षेत्र, प्रदेश क्षेत्र, गाउँ÷नगर समितिका पदाधिकारी एवं वडा सभापतिहरु र भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुखहरुको सहभागिता रहेको कार्यक्रममा कांग्रेसको इतिहास, विधानको ब्यवस्था, कांग्रेस नेतृत्वको सरकारले गरेका काम र नेतृत्व एवं संगठनसम्बन्धि विषयमा अन्तरक्रिया गरिएको थियो ।

नेपाली कांग्रेस १ नम्बर क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले अभिमुखीकरण कार्यक्रमको विषयवस्तुबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति शेरबहादुर भटराई र केशवराज पाण्डे, सचिव कृष्ण हुमागाई लगायत पदाधिकारी, सदस्यहरुको आतिथ्य रहेको थियो ।

यसअघि झापा क्षेत्र नं–३ र ५ मा यो अभियान सम्पन्न गरिएको छ भने झापा क्षेत्र नं–४ र २ मा मंगलबार हुने नेपाली कांग्रेस झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु