काँकरभिट्टामा ‘झापा सुपर लिग’ क्रिकेट प्रतियोगिता हुने

2022-03-15 मा प्रकाशित

डम्बर बराल
मेचीनग, १ चैत । क्रिकेट लर्ड बुद्ध एकाडेमी मेचीनगरको आयोजनामा आगामी बैशाख १ गतेदेखि ‘ झापा सुपर लिग’ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
क्रिकेट लडबुद्ध एकाडेमीले मंगलबार काँकरभिट्टा स्थित होटल हेरिटेजमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा कार्यक्रमको जानकारी गराउँदै एकाडेमीका मेचीनगर अध्यक्ष हिमाल विकेले मेचीनगर खेलकुद क्षेत्रको लागि उर्भर भूमि भएकोले जिल्लामै पहिलो पटक ‘झापा सुपर लिग’ प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।
एक सातासम्म सञ्चालन हुने प्रतियोगितामा ५ वटा टोलीले सहभागिता जनाउने भएको छ । जसमध्ये धुलाबारी टाइगर्स, भद्रपुर राइजिङ किङ, विराट वारियर्स, र बोष्टन इगलकोटीम फाइनल भैसकेको र एउटा टीम चाँडै फाइनल हुने अध्यक्ष बिकेले जानकारी दिए । जिल्लामै पहिलो पटक हुन लागेका प्रतियोगितामा आयोजकले अक्सन मार्फत आएका खोलाडीहरुलाई सहभागि गराउने भएको छ । अक्सन मार्फत टोलीमा प्रदेशबाट २ जना र केन्द्रबाट १ जना खेलाडीलाई सहभागि गराइने आयोजकले जनाएको छ । फाइनल खेलमा विजेताले २ लाख ११ हजार र उपविजेताले १ लाख ११ हजार नगद पाउने छन् । त्यसैगरी वेष्ट बलरलाई १० हजार, वेष्ट प्लेयरलाई १५ हजार, वेष्ट फिल्डरलाई ५ हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरी आयोजकले दर्शकको सहभागितालाई बढाउन खेलाडीहरुले छक्का हानेको बललाई दर्शक दीर्घबाट जसले समाउछ उसलाई रु १५ सय प्रदान गर्ने भएको छ । आयोजकले खेलमा रु १२ लाख खर्च हुने अनुमान गरेको छ ।
लर्ड बुद्ध एकाडेमीका अध्यक्ष हिमाल विकेको अध्यक्षता तथा पूर्व राष्ट्रिय खेलाडी, पुलिस क्लवका कोच तथा क्रिकेट संघका प्रदेश सचिव मनोज कटुवालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कटुवालले विगत दुई वर्षदेखि कोरोनाले थलिएको खेलकुद क्षेत्रलाई पुरानै लयमा फर्काउनको लागि यस किसिमको कार्यक्रमले सहयोग पुग्ने बताए ।


प्रमुख अतिथि कटुवालले सरकारले खेलाडीहरुलाई उचित सम्मान दिन नसक्दा खेल प्रति युवाहरुको उत्साहजनक सहभागिता हुन नसकेको बताए । कटुवालले भने,‘खेलाडीहरुलाई राज्यले उचित सम्मान नदिँदा उत्साह घटेपनि कोरोनाले खेलको महत्व जगाएको छ ।’ स्वास्थ्य जीवन जिउन खेलकुदका कार्यक्रम आवश्यक भएकोले पछिल्लो समय खेलप्रति आकर्षण बढ्न थालेको उनको भनाई थियो । काँकरभिटट्टाले मनोज कटुवाल, लाक्पा लामा, तथा नेपाली महिला राष्ट्रिय क्रिकेट टीमकी कप्तान रुविना क्षेत्री लगायत धेरै खोलाडी जन्माउन सफल भएपनि छ ।
सो अवसरमा झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन थापाले खेललाई व्यवसायिक बनाउन सकेमात्र यसको दिगो विकास हुने बताए । उनले भने, मानसिक रुपमा सबैले यसलाई सम्मान गर्नु पर्याे, खेलाडीहरु खेलबाटै आत्मनिर्भर हुनेगरी व्यवसायिक रुपयमा खेललाई अगाडि बढाउनु पर्छ ’। खेलाडीहरुलाई प्रोत्साहन गर्न पनि अक्सन विधि अपनाइएको उनको भनाई थियो ।
सो अवसरमा पत्रकार मोहन काजीले खेलक्षेत्रको विकासमा सबै पक्षको सहयोग हुनु पर्ने बताए । कार्यक्रममा टिमका मालिकहरुलाई जर्सी समेत वितरण गरिएको थियो ।
कार्यक्रमको सञ्चालन पत्रकार पर्वत पोर्तेलले गरेका थिए । आयोजकले खेल प्रवद्र्धनको लागि मिडियाबाट सहयोग गरिदिन आग्रह समेत गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु