चौतारीको उपचार कोषलाई काफ्लेको सहयोग

2022-03-16 मा प्रकाशित

बिर्तामोड, २ चैत । प्रेस चौतारी झापाका पूर्व अध्यक्ष एवम् नेकपा एमाले प्रचार विभागका प्रमुख गोपाल काफ्लेले प्रेस चौतारी झापाले स्थापना गरेको उपचार कोषमा सहयो रमक प्रदान गरेका छन् ।

साझामञ्च डटकमका सम्पादक समेत रहेका काफ्लेले आफ्नो जन्म दिको अवसर पारेर कोषमा दश हजार एक सय रुपैयाँ सहयोग गरेका हुन् ।

काफ्लेले उपचार कोषका संयोजक सन्तोष आचार्यलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । चेक ग्रहण गर्दै कोषका संयोजक आचार्यले एक वर्षभित्र कोषलाई बढाएर कम्तीमा १० लाख रुपैयाँ पुर्याउने लक्ष्य लिइएको बताए।

चेक हस्तान्तरण कार्यक्रममा संगठनका जिल्ला उपाध्यक्ष प्रदीप परियार, प्रदेश कमिटी सदस्य रमेश तिवारी, सचिव प्रकाश पौडेल, सहसचिव तिलक योञ्जन लगायतको उपस्थिति थियो ।नेपाल पत्रकार महासंघ झापा र नारी सञ्चार गृह झापाले समेत यस्तै कोष सञ्चारलन गरिरहेका छन् ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु