राप्रपा मेचीनगरले गर्याे तीनवटा भातृ संगठनको अघिवेशन

2022-03-17 मा प्रकाशित

मेचीनगर, ३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर समितिले बिहीबार आफ्ना तीनवटा भातृ संगठनहरुको अधिवेशन सम्पन्न गरेको छ ।

स्थानीय तहको चुनाव नजिकिएसँगै राप्रपा मेचीनगर समितिले भातृ संगठनहरुलाई थप चलायमान बनाउन अधिवेशा गराएको हो ।

धुलाबारी स्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन, महिला संगठन र उत्पीडित संगठनको दोस्रो मेचीनगर अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन मेचीनगर अध्यक्षमा गोविन बुढाथोकी, महिला संगठनको अध्यक्षमा नेमिसा प्रधान र उत्पीडित संगठनको नगर अध्यक्षमा राजन विश्वकर्मा चयन भएका छन् ।

राप्रपा मेचीनगर अध्यक्ष सबिना बजगाईंको सभापतित्व तथा पार्टीका केन्द्रीय अनुशासन विभाग सदस्य भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सदस्य रमेश दाहाल, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन झापा अध्यक्ष राजकुमार राई लगायतले बोलेका थिए ।

कार्यक्रममा वक्ताहरुले स्थानीय तहको चुनावमा होमिएर विजय बन्ने गरी गतिविधि गर्न निर्देशन दिएका छन् । पाँच वर्षको अवधिमा काँग्रेस, एमाले र माओवादी मिलेर मकै काण्ड, ढुंगा गिटी लगायत विभिन्न काण्डमा भ्रष्टाचार गरेको उनीहरुको आरोप लगाए ।

कार्यक्रममा पूर्व केन्द्रीय सदस्य माया गुरुङ, जिल्ला सदस्य शारदा पराजुली, सुनिता शर्मा, राजन प्रसाईं, हरि पौडेल, अस्मिता खरेल, उत्पीडित संगठनका जिल्ला अध्यक्ष गोपाल गजमेर, पार्टीका क्षेत्र नं १ का अध्यक्ष अशोक सुब्बा, मारवाडी युवक संगठनका केन्द्रीय सदस्य ललित अग्रवाल, होम प्रसाईं लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २५ जना राप्रपामा प्रवेश गरेको अध्यक्ष बजगाईले बताइन् ।

राप्रपाका नगर उपाध्यक्ष घनश्याम लामिछानेले स्वागत र कार्यक्रमको सञ्चालन सचिव विशालकृष्ण बाँस्तोलाले गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु