लक डाउनमा महिला हिंसा बढ्यो

2020-06-18 मा प्रकाशित

लक्ष्मी उप्रेती
काँकरभिट्टा, ४ असार ÷ पछिल्लो समय महिला हिंसाका घटनाहरु बढदै गएका छन ्। देश यतिखेर कोरोनाको त्रासका कारण बन्दाबन्दिको अवस्थामा छ यस्तो बिषम परिस्थितिमा समेत महिला हिंसाका घटनामा कमि आउन सकेन लकडाउनको अवधिमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा मातहतका क्षेत्रमा आधा दर्जनजति महिला हिसाँका घटना भएका छन् । हिसाँमा पर्नैमा प्रायः नाबालिका रहेका छन् । १४ देखि १७ वर्ष उमेर समुहका बालिकाहरु यसको शिकार हुने गरेको घटनाले देखाएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार जवरजस्ती करणीका तीनवटा जवरजस्ती करणी उद्योग, बालयौन दुरुपयोग , अप्राकृतिक मैथुन तथा बालिका जिस्क्याएको एक÷एकवटा मुद्घा अघिल्लो वर्षको चैत ११ गतेदेखिहालसम्म दर्ता भएका छन् ।

आफ्न्तैबाट पनि घरमा महिला तथा बालिकाहरु असुरक्षित हुने गरेको घटनाले देखाएको छ । धेरै घटनामा नातामा आफ्न्त पर्ने संलग्न छन् ।

प्रहरीका अनुसार नातामा भिनाजु पर्ने झापा मेचीनगर —८ का एक ३२ वर्षीयमाथि आफ्नै १४ वर्षकी शालीलाई जवरजस्ती करणी गरेको उजुरी परेको छ । ती व्यक्तिविरुद्घ बालिकाका दाजुले इलाका प्रहरी कार्यालय काँकरभिट्टामा लिखित जाहेरी दिएपछि उनलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको कार्यालयले जनाएको छ ।

मेचीनगर—७ मदनवस्तीका २० वर्षीय एक पुरुष समेत जवरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् । उनी विरुद्घ १७ वर्षकी बालिकालाई जवरजस्ती करणी गरेको जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको हो । मेचीनगर— ६ का सोहि उमेरका एक व्यक्ति १७ वर्षकी बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । मेचीनगर —४ का एक ४० वर्षीय व्यक्ति १३ वर्षकी बालिकालाई जिस्क्याएको तथा मेचीनगर —४ का १७ वर्षीय बालकले ८ वर्षका बालकलाई यौन दुरुपयोग गरेको आरोपमा पक्राउ परेको कार्यालयले जनाएको छ ।

पक्राउ परेका सवैलाई कसुर अनुसारको मुद्घा दर्ता गरी झापा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेचीनगर नगरपालिकाका १५ वटै तथा बुद्घशान्ति गाउँपालिकाको १ देखि ७ नम्वर वडासम्म निगरानी गर्नुपर्नै प्रहरी नायव उरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु