मोहन काजीद्वारा चौतारीको उपचार कोषलाई सहयोग

2022-03-19 मा प्रकाशित

मेचीनगर, ५ चैत । प्रेस चौतारी नेपाल झापाका इन्चार्ज मोहन काजीले आफ्नो जन्मदिनको दिन शनिबार प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोषलाई नगद दश हजार एकसय रुपैयाँ सहयोग गरेका छन् ।

लोकतन्त्र पोस्टको धुलाबारी स्थित कार्यालयमा संक्षिप्त कार्यक्रमको आयोजना गर्दै जन्मदिनको अवसरमा काजीले पत्रकार उपचार सहयोग कोषलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

उनले पत्रकारको उपचार सहयोगका लागि प्रेस चौतारीले स्थापना गरेको कोषलाई सहयोग गरेका हुन् ।

कोषका संयोजक सन्तोष आचार्यलाई नेकपा एमाले झापाका जिल्ला कमिटी सदस्य तथा लोकतन्त्र पोस्टका सम्पादक समेत रहेका काजीले नगद १० हजार १०० रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

कोषका संयोजक एवम् प्रेस चौतारीका केन्द्रीय सदस्य आचार्यले चालु आर्थिक वर्षभित्र कोषमा १० लाख रुपैयाँ पुर्याउने लक्ष्य राखिएकोे जानकारी दिए ।

उनले कोषलाई सहयोग गर्न झापाका सबै पत्रकारलाई आग्रह गरेका छन् । सो रकम ग्रहण गर्दै संयोजक आचार्यले स्वास्थ्योपचारमा प्रेस चौतारीका सदस्य तथा झापाली पत्रकारहरुलाई पैसाको अभावका कारण समस्या आउन नदिने बताएका छन् ।

रकम हस्तान्तरण कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य अम्बिका भण्डारी, प्रदेश कमिटि सदस्य अर्जुन कार्की, जिल्ला सचिव प्रकाश पौडेल, सदस्य खगेन्द्र घिमिरे, मेची आवाज साप्ताहिकका सम्पादक डम्बर बराल, नेकपा एमाले मेचीनगर–६ का वडा सचिव राजु पौडेल लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु