नेपाल मगर संघ मेचीनगर ५ को अध्यक्षमा सधु क्यापछ्याकी मगर

2022-03-23 मा प्रकाशित

ईटाभट्टा । नेपाल मगर संघ मेचीनगर ५ को अध्यक्षमा सधु क्यापछ्याकी सर्वसम्त चयन भएका छन् ।

संघको उपाध्यक्षमा मनि लुम्रे मगर, सचिवमा पूर्णबहादुर समाल मगर, कोषाध्यक्षमा लालमाया मगर र सहसचिवमा क्षेत्रबहादुर पुलामी मगर रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा लिलबहादुर मगर, महेश आले मगर, मुना बुर्जा मगर, गीता क्यापछ्याकी मगर छन् ।

मगर संघ मेचीनगर अध्यक्ष विकास थापा मगरको अध्यक्षतामा पातालगंगास्थित घैलाडुब्बामा भएको कार्यक्रममा प्रमुख अतिथि संघका केन्द्रीय सदस्य सुन्दर क्यापछ्याकी मगर रहेका थिए ।

कार्यक्रममा मेचीनगर वडा नं ५ का वडाध्यक्ष तथा संघका मेचीनगर सल्लाहकार योगेन्द्र मगर, मगर संघ मेचीनगर सल्लाहकार गम्भीरध्वज थापा मगर, नगर उपाध्यक्ष ज्ञानबहादुर मगर, सदस्य कुमार राना, वाप्पा चित्र सोराली मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

गंगा सोराली मगरले सञ्चालन गरेको कार्यक्रममा स्वागत दिपक थापा मगरले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु