युवा नेता थापाद्वारा झापा सुपर लिग क्रिकेट प्रतियोगिताका लागि १ लाख ११ हजार सहयोगको घोषणा

2022-03-23 मा प्रकाशित

काँकरभिट्टा । मेचीनगर६ काँकरभिट्टा निवासी  समाजसेवी तथा एमालेका युवा नेता बालकृष्ण थापाले “झापा जिल्ला सुपर लिग २०७९“ क्रिकेट प्रतियोगिताका लागि १ लाख ११ हजार नगद सहयोगको घोषणा गरेका छन् ।

लर्ड वुद्ध क्रिकेट एकाडेमी मेचीनगरको आयोजनामा आगामी वैशाख १ गतेदेखि आयोजना हुने सुपर लिग क्रिकेट प्रतियोगिताको उपविजेता टीमको पुरस्कार प्रदान गर्ने थापाले मंगलवार घोषणा गरेको एकाडेमीका अध्यक्ष हिमाल विकेले जानकारी दिए ।

‘नगर भित्र पर्ने हरेक किसिमका समस्याका सहयात्री थापाको सहयोग घोषणाले हामीलाई थप हौसला मिलेको छ’, अध्यक्ष विकेले फेसवुकमा स्टाटस लेखेर उल्लेख गरेका छन् ।

थापाले यस अघि लकडाउनका वेला भोकभोकै रहेका सयौ नगरवासीलाई चामल, दाल, तेल लगायतका सामग्री प्रदान गरेका थिए । हालै भानु टोलमा भएको आगलागी घटनाका पीडितलाई घटनास्थल पुगेर तत्काल नगद १०र१० हजार सहयोग गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु