मेचीनगर ८ का विपन्न परिवारलाई सुंगुरको पाठा वितरण

2022-03-25 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ८ का अति विपन्न परिवारलाई सुंगुरका पाठा वितरण गरिएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा अति विपन्न ६० परिवारलाई पहिलो चरणमा उन्नत जातको सुंगुरको पाठा वितरण गरिएको मेचीनगर ८ का वडा सदस्य तथा कार्यवहाक अध्यक्ष सन्तोष मेचेले जानकारी दिए ।

कार्यवहाक अध्यक्ष मेचका अनुसार आर्थिक बर्ष २०७८र०७९ मा वडाबाट विनियोजित रु ६ लाख बजेटबाट वडाका १३० विपन्न परिवारलाई आर्थिक उन्नतिका लागि सहयोग स्वरुप निःशुल्क उन्नत जातको सुंगुरको पाठा वितरण गर्ने कार्यक्रम रहेको र सोहि अन्तर्गत पहिलो चरणमा ६० परिवारलाई वितरण गरिएको जनाए ।

जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि र समाजसेवीलायतको उपस्थितिमा पहिलो चरणको कार्यक्रम सम्पन्न गरेको जनाउदै अब दोस्रो चरणको सुंगुरको पाठा वितरण यहि बिहिबार गरिने उपभोक्ता समितिका सदस्य डालिम थापाले जानकारी दिए ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु