पूर्वराजा ज्ञानेन्द्र झापामा

2022-03-25 मा प्रकाशित

झापा। पूर्वराज दम्पती झापा आएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह बुद्ध एयरको जहाजबाट शुक्रबार बिहान ११ बजे झापा आएका हुन् ।

झापा आएका पूर्वराज दम्पतीलाई भद्रपुरस्थित विमानस्थलमा उनका शुभचिन्तक र समर्थकहरूले भव्य स्वागत गरे । स्वागतको क्रममा उनीहरूले ‘राजा आउ, देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश’ लगायतका नारा लगाएका थिए । स्वागत पश्चात् पूर्वराज दम्पती दमकस्थित हिमालयन टी स्टेटको मिनी दरबार गएका छन् ।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन नजिकिएसँगै पूर्वराजा ज्ञानेन्द्र झापा आएकाले उनको यस पूर्व भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । देशमा राजतन्त्र फर्काउने अभियानमा लागेका राप्रपाको पकड जिल्ला मानिएकाले पूर्व राजा ज्ञानेन्द्र दमकमा बसोबासको क्रममा राजनीतिक व्यक्तिहरूसँग गरिने भेटघाटलाई विशेष रुपमा हेरिएको छ ।

पूर्वराज दम्पती झापामा एक महिना बस्ने कार्यक्रम रहेको राप्रपा नेतृ राधा कार्कीले बताइन् । सो अवधिमा पूर्वराज दम्पती विभिन्न व्यक्तिहरूसँग भेटघाट र पूर्वका धार्मिक स्थल तथा मन्दिरहरूको दर्शन गर्ने कार्यक्रम रहेको उनले बताइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु