वडा वडामा काँग्रेसको अभियान

2022-03-25 मा प्रकाशित

झापा । घर–घर जाऔ, काङ्ग्रेस जिताऔ अभियानलाई तीब्र रुपमा संचालन गरिरहेको नेपाली कांग्रेसले शुक्रवार जिल्लाका अधिकांस वडामा वडा भेला सम्पन्न गरेको छ ।

काङ्ग्रेस केन्द्रीय समितिको सर्कुलर एवं झापा जिल्ला समितिको पत्राचार बमोजिम झापाका अधिकांश वडामा बृहत वडा भेला सम्पन्न भएका छन् ।

वडा भेलामा एमसिसी भ्रम र यथार्थ, संगठन परिचालन, काङ्ग्रेसको इतिहास, स्थानीय निर्वाचन र वडा एवं टोल समितिको भुमिका, भातृ एवं शुभेच्छुक संघसंस्था परिचालन लगायतका विषयमा चर्चा गरिएको थियोे ।

यसैबीच नेपाली काङ्ग्रेस झापा बिर्तामोड नगरपालिका वडा नम्बर– ५ को वडा भेला जिल्ला पार्टी कार्यालयमा सम्पन्न भएको छ ।

वडा सभापति दिपक मेनेङ्बोको सभापतित्व र महाधिबेसन प्रतिनिधि सीता पौडेलको प्रमुख आतिथ्यमा सप्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस झापाका सचिब कृष्ण हुमागाइले पार्टी संगठन बलियो बनाउन टोल र वडा समितिलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु