मचीनगर २ मा तरुणदल र महिलासंघ गठन

2022-03-26 मा प्रकाशित

मेचीनगर । घर घर जाँऊ कांग्रेस जिताउँ अभियान अन्तरगत झापाको मेचीनगर २ मा भएको वडा भेलाले नेपाल तरुण दल र नेपाल महिला संघ गठन गरेको छ ।
पार्टीका वडा सभापति नगेन्द्र प्रसाद रिजालको सभापतित्व तथा पार्टीका जिल्ला उपसभापति केशवराज पाण्डेको प्मुख आतिथ्यमा भएको भेलाले नेपाल तरुण दल र नेपाल महिला संघ पुर्नर गठन गरेको हो ।


तरुणदलको सभापतिमा होम पुरी चयन भएका छन् भने नेपाल महिला संघको सभापतिमा सुष्मा अर्याल चयन भएकी छिन् । तरुण दलको उपसभापतिमा सुरेन लिम्बू र कमल ढुङ्गाना चयन भएका छन् । सचिवमा कुमार आचार्य र अर्जुन पौडेल चयन भएका छन् । सह सचिवमा शागर निरौला र रोमश अर्याल चयन भएका छन् भने कोषाध्यक्षमा गंगा भारती चयन भएका छन् ।
यता महिला संघको उपसभापतिमा निर्मला खनाल चयन भएकी छिन् । समितिको सचिवमा कल सुव्वा र लीला रिजाल चयन भएका हुन् । सह सचिवमा सीता पुरी र गीता रिशाल चयन भएका हुन् । त्यस्तै समितिको कोषाध्यक्षमा टीका खनाल चयन भएकी छिन् । समिति २७ सदस्यीय रहेको बताइएको छ ।
पार्टीका वडा उप सभापति प्रेम शिवाकोटीले स्वागत गरेको कार्यक्रममा नेपाली कांग्रेसको विषयमा शान्ता निरौला , रचना घिमिरे,विशाल तामाङ, सुदय पनेरु, रमेश पोखरेल लगायतले बोलेका थिए ।
कार्यक्रमको संचालन पार्टीका वडा सचिव भरत चम्लगाई र प्रेम ढुङ्गानाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु