गुराँस लाइफ इन्स्योरेन्सको स्वास्थ्य प्रशिक्षण इलाममा

2020-06-19 मा प्रकाशित

डम्बर बराल
इलाम,५ असार । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले  इलाम स्थित शाखा कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर शरीरको इमिनिटी पावर बढाउन उपयोगि औषधीको प्रयोग र कोरोना सँग लड्न अपनाउनु पर्ने सावधानिका बिषयमा प्रशिक्षण दिएको छ ।

प्रशिक्षणमा आयुर्वेद डा. डिपी पौडेलले शरीरको इमिनिटी पावर बढाउने हो भने कोरोना मात्र नभएर कुनैपनि रोगले आक्रमण गर्न नसक्ने बताउनु भयो । डाक्टर पौडेलले आफ्नो शरिरलाई स्वास्थ्य राख्न बिशेषगरी खानपानमा ध्यान दिन अनुरोध गर्नु भयो । सहभागि एजेन्सी तथा अभिकर्ताहरुलाई शरीरको इमिनिटी पावरबढाउने औषधी बनाउने बिधि समेत प्रयोगात्मक रुपमा सिकाउनु भएको थियो ।

रातो गुराँस क्षेत्रका क्षेत्रीय प्रमुख गिरधर श्रेष्ठको प्रमुख आतिथ्य रहेको कार्यक्रममा क्षेत्रीय प्रमुख श्रेष्ठले जीवन बिमाको क्षेत्रमा अभिकर्ता तथा एजेन्सीहरु क्रियाशिल भएर लाग्नु पर्ने भएकोले कोरोनाको त्रास कम गर्न र शरीरको इमिनिटी पावर बढाउन यस किसिमको प्रशिक्षण आयोजना गरिएको बताउनु भयो ।

प्रमुख अतिथि श्रेष्ठले जीवन बिमा गराउने काम एउटा पुन्यको काम भएकोले आफ्नो स्वास्थ्यलाई सुरक्षित राख्दै बीमा अभियानमा जुट्न सहभागि हरुलाई अनुरोध गर्नु भयो । कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।सो अवसरमा एजेन्सी म्यानेजर सन्तोष चौहान , गोपाल नेपाल लगायतले बोल्नु भएको थियो ।

इलाम शाखाका शाखा प्रमुख अर्जुन पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन रचना सावदेनले गर्नु भएको थियो । कार्यक्रममा झापा तथा इलाम क्षेत्रका कर्मचारी , अभिकर्ता तथा एजेन्सीहरुको सहभागिता रहेको थियो । सो अवसरमा सहभागिहरुलाई इमिनिटी पावर बढाउने औषधी समेत खुवाईएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु