
मेचीनगर । समाजसेवी तथा युवा नेता बालकृष्ण थापाले आफ्नो जन्मदिनको अवसरमा पारेर ५० जना मजदुरहरुलाई सम्मान गरेका छन् ।
सञ्चार उद्यमी समेत रहेका थापाले छड्के अनुसन्धान साप्ताहिकको कार्यालयमा एक कार्यक्रम आयोजना गरेर ५० जना ढुवानी मजदुरहरुलाई नगद सहित खादा ओढाएर सम्मान गरेका हुन् । थापा छड्के अनसन्धान साप्ताहिकका प्रकाशक समेत हुन् । सामाजिक क्षेत्रमा क्रियाशिल थापा नेकपा एमालका मेचीनगर कमिटि सदस्यको जिम्मेवारीमा छन् । थापा विगत देखिनै विपन्न र असाहयहरुको लागि साहारा बन्दै आएका छन् । पछिल्लो समय धार्मिक क्षेत्रमा समेत सहयोग गर्दे आएका छन् । समाजमा केहीन केही नविनतम काम गर्न चासो राख्ने थापाले जन्म दिनमा हुने खर्चलाई मजदुरहरुसँग दुःख साटासाट गर्ने अवसरको रुपमा लिएको बताए ।
नेकपा एमाले पार्टीमा समेत राम्रो छवी बनाउँदै आएका थापा स्थानीय निर्वाचनमा मेचीनगर ६ बाट वडाअध्यक्ष पदका आकाक्षी समेत हुन् । सम्मान कार्यक्रम पछि थापाले भने समाज रुपान्तरणको अभियानमा लागेको छु, ‘पार्टीले टिकट दिएको खण्डमा वडाध्यक्षको जिम्मेवारी काँधमा लिएर जनताको सेवमा निरन्तर लाग्ने छु ।’
नेकपा एमाले जिल्ला कमिटी सदस्य डिल्लीराम घिमिरेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कार्यक्रममा नेकपा एमाले नगर कमिटी अध्यक्ष राजु पोखरेल, जन–संसद् दैनिकका प्रधान सम्पादक मुक्ति पौडेल, प्रेस सेन्टर झापाका अध्यक्ष झुलन रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
छड्के अनुसन्धान साप्ताहिकका सम्पादक खगेन्द्र घिमिरेको सभापत्विमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ढुवानी मजदुर एवम सम्मानीत व्याक्ति टंक भारतीले मजदुरलाई बोलाएर सम्मान गरेकोमा थापालाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रेस चौतारी झापाका इन्चार्ज मोहन काजी न्यौपाने, प्रेस क्लब मेचीनगर पूर्व अध्यक्ष ज्ञानेन्द्र घिमिरे, समाजवादी प्रेस संगठनका प्रदेश सदस्य किशोर उपरकोटी, जिल्ला उपाध्यक्ष दिलीप थापा, पत्रकार डम्बर बराल, युवराज आचार्य, प्रविन अधिकारी, सुमित भण्डारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रेस चौतारी झापाका सचिव प्रकाश पौडेलले गरेका थिए ।
प्रतिकृया दिनुहोस्