चुनावी गठबन्धनकोलागि जसपाले बनायो बार्ता टोली, संयोजकमा खापुङ

2022-03-28 मा प्रकाशित

काँकरभिट्टा, १४ चैत । जनता समाजवादी पार्टी नेपाल ९जसपा० मेचीनगर समितिले स्थानीय तहको निर्वाचनमा गठबन्धनका लागि बार्ता टोली सार्वजनिक गरेको छ ।

जसपा मेचीनगरले सोमबार पत्रकार सम्मेलन गरेर निर्वाचनलाई लक्षित कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

स्थानीय तहको निर्वाचनमा सत्ता दलका गठबन्धन र अन्यदलसँग बार्ता गर्नका लागि पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङको संयोजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन गरेको छ । जसको सदस्यहरुमा उमेश थापा, दिनेश राई, विमलदेव काफ्ले र सरोज श्रेष्ठ छन् ।

संयोजक खापुङले सत्ता गठबन्धन वा अन्य दलहरुसँग बार्ता गर्दा मेचीनगरमा मेयर, उपमेयरसहित ५ वटा वडाध्यक्ष स्पष्ट रुपमा दावी गर्ने बताए ।

कसैसँग बार्ता नमिले एक्लै पनि चुनाव लड्ने पार्टीको धारणा रहेको उनले बताए । मेचीनगरमा मेयर, उपमेयरसहित १५ वटै वडामा उम्मेद्वार खडा गर्ने घोषणा समेत गरेका छन् ।

पार्टीका केन्द्रीय सदस्य धनप्रसाद गुरुङले जसपालाई जिताउन जनतालाई अपिलसमेत गरे । ‘एमाले, काग्रेस, माओवादी सबै पार्टीदेखि सक्यो’, उनीहरुले केहि गरेनन् । अब एकपटक जनताले जसपालाई भोट दिएर जिताउनु पर्छ ।’

‘विगतमा चुनावमा कहाँ हार्यो कहाँ जित्यो भन्दा पनि हाम्रो लक्ष्य पहिचानको मुद्दा हो’, प्रदेश १ का सदस्य केवलराम राईले भने–‘त्यसैले अबको स्थानीय तहको चुनावमा पहिचानको मुद्दाले प्राथमिकता पाउने छ ।’

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु