घैलाडुब्बा शिवालय मन्दिरमा क्षमा पूजा सम्पन्न

2022-03-31 मा प्रकाशित

मेचीनगर । धार्मिक पर्यटकीय क्षेत्रको रपमा रहेको मेचीनगर ५ स्थित घैलाडुब्बा शिवालय मन्दिरको पुनः निर्माण कार्य सुरु हुने भएको छ ।
महाभारतकालिन इतिहाससँग जोडिएको घैलाडुब्बा शिवालय मन्दिर तथा पातालगंगा क्षेत्रको विकासमा चासो राख्दै आएको पुरातात्विक बिभागले मन्दिर पुनः निर्माण गर्ने भएको हो । बिभिगले बुधबार एक दिवशीय धार्मिक अनुष्ठान गरेर क्षमा पुजा सम्पन्न गरेको छ ।
अनुष्ठान कार्यक्रममा मेचीनगर नगर प्रमुख बिमल आचार्य, उपप्रमुख मिना पोख्रल उप्रेती, मेचीनगर ५ का वडाध्यक्ष योगेन्द्र थापा, वडानम्बर ८ का वडाध्यक्ष विकेन्द्र धिमाल, धार्मिक व्यक्तित्वहरु बिभिन्न पार्टीका प्रतिनिधिहरु सहभागि भएको मन्दिर समितिका अध्यक्ष चन्द्र कोइरालाले जानकारी दिए । क्षमा पूजा आचार्य मेघराज भट्टराई र आचार्य शंकर गुरुले गरेका थिए । पुरातात्वीक बिभागले चाँडै निर्माणकार्य थाल्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु