मेचीनगर ५ मा ४ दिवशिय नेतृत्व विकास तालिम

2022-03-31 मा प्रकाशित

मेचीनगर । मेचीनगर ५ वडाकार्यालयको आयोजनामा बिहीबार देखि ४ दिवशिय नेतृत्व विकास सम्बन्धी तालिम सुरु भएको छ ।
मेतीनग ५ का वडाध्यक्ष योगेन्द्र थापाको सभापत्वि रहेको उद्रघाटन् कार्यक्रममा अध्यक्ष थापाले महिला दिदी बहिनीहरुको क्षमता विकास गराउन यस किसिमको तालिम आयोजना गरिएको बताए । हरेक व्यक्तिको क्षमता तथा नेतृत्व विकास हुन उसको व्यक्तित्व विकास हुनेपर्ने अध्यक्ष थापाको भनाई थियो ।तालिमामा २४ वटै टोलबाट ७२ जनाले सहभागिता जनाएका छन् । उनीहरुलाई मेचीनगर लेडी जेसीजकी पूर्व अध्यक्ष शोभा श्रेष्ठले र मेचीनगर जेसिजका महासचिव योगेश राजवंशीले सहजीकरण गरिरहेका छन् । उद्घाटन् कार्यक्रममा वडासदस्य दुर्गा देवकोटाले कार्यक्रमको औचित्य माथि प्रकास पारेकी थिइन् । कार्यक्रममा वडासदस्य नारायण खड्का र मेघराज गेलाल लगायतले बोलेका थिए । वडासदस्य चन्द्रकला विकले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा सचिव येशु लिम्बूले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु