गुँरासले दियो मृत्युदावी भुक्तानीको रकम

2022-04-15 मा प्रकाशित

नारायण गढ । गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लि नारायण गढ शाखा कार्यलयले शुक्रबार एक कार्यक्रम बीच मृत्युदावी भुक्तानीको रकम प्रदान गरेको छ ।
गुराँरास लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराएका लुम्बिनी अञ्चल नवलपरासी जिल्ला बिनयी त्रिवेणी गाँउपालीका वडा नं. ०३ निवासी गर्ने स्व. सुमन राना मगर को मृत्यु पश्चात बीमित का श्रीमान ईन्द्र बहादुर राना मगर लाई गुँरास सावधीक जीवन बीमा गराए बापत बीमा दावी रकम को चेक रु ५९३,३२० (अक्षरुपी पाँच लाख त्रियानब्बे हजार तिन सय बीस मात्र ) गुँरास लाइफ इन्स्योरेन्स क.लि नारायणगढ शाखा का शाखा प्रमुख श्री ओमकार सिग्देल , कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजर सहित को टिमले मिती २०७९÷०१÷०१ गते बुधबार नारायणगढ शाखा मा एक कार्यक्रम बिच चेक हस्तान्तरण गर्नुभयो । स्व. सुमन राना मगर को केही समय अगाडी क्यान्सर रोगको कारण निधन भएको थियो , उहाँले दुई बर्ष अगाडी सिनीएर एजेन्सी म्यानेजर कमला सुनारी मार्फत ५ लाख को सावधीक जीवन बीमा गर्नु भएको थियो ।
शाखा प्रमुख सिग्देल ले जीवन बीमा सम्बन्धी जनचेतना पहिलेको तुलनामा उल्लेख्य मात्रा मा वृद्धि भएको र यो बचत मात्र नभई आर्थिक क्षती विरुद्धको लागी महत्वपुर्ण भएकोले सबैलाई आवश्यक भएको पनि बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु