गुँरासले दियो मृत्युदावी भुक्तानीको रकम

2022-04-15 मा प्रकाशित

नारायण गढ । गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लि नारायण गढ शाखा कार्यलयले शुक्रबार एक कार्यक्रम बीच मृत्युदावी भुक्तानीको रकम प्रदान गरेको छ ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराएका लुम्बिनी अञ्चल नवलपरासी जिल्ला बिनयी त्रिवेणी गाँउपालीका वडा नं. ०३ निवासी स्व. सुमन राना मगर को परिवारलाई मृत्युदावी भेसत्ताननीको रकम प्रदान गरेको हो ।
कम्पनीले बिमितको श्री मान ईन्द्र बहादुर राना मगर लाई रु ५९३,३२० (अक्षरुपी पाँच लाख त्रियानब्बे हजार तिन सय बीस रुपैयाँ ) गुँरास लाइफ इन्स्योरेन्स क.लि नारायणगढ शाखा का शाखा प्रमुख श्री ओमकार सिग्देल , कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजर सहित को टिमले उक्त रमक प्रदान गरेका थिए । स्व. सुमन राना मगर को केही समय अगाडी क्यान्सर रोगको कारण निधन भएको थियो , उहाँले दुई बर्ष अगाडी सिनीएर एजेन्सी म्यानेजर कमला सुनारी मार्फत ५ लाख को सावधीक जीवन बीमा गर्नु भएको थियो ।
शाखा प्रमुख सिग्देल ले जीवन बीमा सम्बन्धी जनचेतना पहिलेको तुलनामा उल्लेख्य मात्रा मा वृद्धि भएको र यो बचत मात्र नभई आर्थिक क्षती विरुद्धको लागी महत्वपुर्ण भएकोले सबैलाई आवश्यक भएको पनि बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु