झापा सुपर लिग क्रिकेट प्रतियोगिता आजको खेलमा टाइगर्स र सनराइज विजयी

2022-04-17 मा प्रकाशित

मेचीनगर, ४ बैशाख । लर्ड वुद्ध क्रिकेट एकाडेमीले आयोजना गरेको झापा सुपर लिग क्रिकेट प्रतियोगिता अन्तरगत आइतवार सम्पन्न खेलमा धुलावारी टाइगर्स र सनराइज काँकरभिट्टा विजयी बन्दै २÷२ अंक जोडेका छन् ।
पहिलो खेलमा धुलावारी ४६ रनले विजयी भएको थियो । दोश्रो खेलमा सनराइज काँकरभिट्टा ६ विकेटले विजयी भयो ।

टस जितेर बोष्टर्नले व्लाष्टरले फिल्डिङ रोजेको थियो । व्याटिङको निम्तो पाएको धुलावारीले निर्धारित २० ओभरमा ९ विकेटको क्षति व्यहोर्दै १ सय ७५ रन बनाएको थियो ।

अन्तराष्ट्रिय खेलाडी गुल्सन झाले सर्वाधिक ५२ रन बनाए । प्रवेश कामतीले १४ वलमा २६ रन जोडे । बलिङमा वोष्टर्नका सुनिल आचार्यले सर्वाधिक ३ विकेट झारे ।

धुलावारीले दिएको १ सय ७५ रनको लक्ष्य पछयाउदै मैदान आएको बोष्टर्न १८ दशमलव २ ओभरमा सवै विकेट गुमाएर १ सय २८ रनमा समेटिएको थियो । ओपनर दिपु भुजेलले सर्वाधिक ३० र राष्ट्रिय खेलाडी मिनास थापाले २४ रन बनाउनु वाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

वलिङमा धुलावारीका ज्ञानेन्द्र श्रेष्ठ ३ र दिपेश कडेलले २ विकेट लिए । खेलको प्लेयर अफ दि म्याच विजेता टीमका गुल्सन झा भए । दोश्रो खेलमा टस जितेर व्याटिङ रोजेको भद्रपुर २० ओभरमा सवै विकेटको क्षति व्यहोर्दै १ सय ३७ रनमा समेटियो ।

मन्जित श्रेष्ठले अविजित ७९ रन र रुपक वरालले ३४ रन वाहेक अन्यले दोहोरो अंक वनाउन सकेनन । वलिङमा सनराइज काँकरभिट्टाका आयुष न्यौपाने, सन्दिप ढुंगाना र फिरदोज अन्सारीले २÷२ विकेट झारे ।

प्रत्युत्तरमा सनराइज काँकरभिट्टाले १६ दशमवल ५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । जसमा ओपनर भूपाल दंगालले अविजित ५१ र सन्दिप ढुंगानाले ३८ रनको योगदान दिए । सन्दिप प्लेयर अफ दि म्याच पनि भए ।

भद्रपुरका शौजन घिमिरे र आशिक राना मगरले २÷२ विकेट लिए । सोमवारको पहिलो खेल विराट वरियर्स र धुलावारी टाइगर तथा दोश्रो खेल बोष्टर्न व्लाष्टर र सनराइज काँकरभिट्टावीच हुने आयोजकले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु