धुलाबारी टाइगर र बोष्टर्न व्लाष्टरको जित

2022-04-19 मा प्रकाशित

मेचीनगर, ६ बैशाख । काँकरभिट्टा माविको मैदानमा जारी ‘रसोई झापा सुपर लिग’ क्रिकेट प्रतियोगिताको मंगलवारको खेलमा धुलाबारी टाइगर र बोष्टर्न व्लाष्टरले जित हासिल गरेका छन् ।
पहिलो खेलमा धुलावारी टाइगरले भद्रपुर राइजिङलाई १७ रनले हराउदा दोश्रो खेलमा बोष्टर्नले विराट वरियर्स विरुद्ध २४ रनको रोमाञ्चक जित निकाल्यो । बोष्टर्नको जितमा अन्र्तराष्ट्रिय खेलाडी करण केसी नायक बने । उनले ४१ वल खेल्दै ८२ रन जोडे । जसमा १० वटा छक्का र ३ वटा चौका प्रहार गरेका थिए ।

टस हारेर व्याटिङ गर्न मैदान ओर्लिएको धुलावारीले पहिलो खेलमा १७ दशमलव ५ ओभर खेल्दै सबै विकेट गुमाएर भद्रपुर सामु १ सय ४० रनको लक्ष्य खडा गरेको थियो । जसमा राज थापाले ३२, मुकुन्द यादव र गुल्सन झाले २१÷२१ रन बनाएका थिए ।

बलिङमा भद्रपुरका श्रवण यादवले सर्वाधिक ५ विकेट र अन्र्तराष्ट्रिय खेलाडी मन्जित श्रेष्ठले १ विकेट लिए । जवाफमा भद्रपुर सवै ओभर खेल्दै ९ विकेट गुमाएर १ सय २३ रनमा समेटियो । मोविन अलीले ४४ रन बनाएपनि यो पर्याप्त भएन । रुपक वराल र ग्रिसल पौडेलले पनि १४÷१४ रन जोडेका थिए ।

वलिङमा धुलावारीका गुल्सन झा र प्रवेश कामतीले २÷२ तथा राज थापा, दिपेश कडेलले १÷१ विकेट झारे । खेलको प्लेयर अफ दि म्याच गुल्सन झा भए ।

दोश्रो खेलमा बोष्टर्न ब्लाष्टरले विराट वरियर्सलाई २४ रनले पराजित गर्यो । टस हारेर व्याटिङको मौका पाएको बोष्टर्नले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८९ रनको भारी योगफल बनाएको थियो । अलराउण्डर करण केसी चम्किएका थिए । उनी खेलको प्लेयर अफ दि म्याच पनि बने । उनलाई कोसेली गिफट गाइड धुलावारीले नगद र गिफट हेम्पर प्रदान गरेको थियो । बलिङमा विवेक यादव र सिद्धान्त लोहनीले २÷२ विकेट लिए ।

१ सय ८० रनको विजयी लक्ष्य लिएर मैदान ओर्लिएको विराटले सवै ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ६५ रन मात्रै वनाउन सक्यो । जसमा शिवांश वजगाईले ३२ वाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । वलिङमा मिनास थापा र विधान गोश्वामीले ३÷३ तथा करणले १ विकेट लिए ।

बुधवारको पहिलो खेल धुलावारी टाइगर र सनराइज काँकरभिट्टा तथा दोश्रो खेल भद्रपुर राइजिङ किङ र बोष्टर्न ब्लाष्टर वीच हुने आयोजक समितिका कोषाध्यक्ष चोलानाथ दाहालले जनाए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु