मेचीनगर ८ ले गर्याे ५ वर्षमा गरिएको कामको समिक्षा, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार लगायमा ९६ प्रतिशत काम सम्पन्न गर्याैः वडाध्यक्ष धिमाल

2022-04-21 मा प्रकाशित

डम्बर बराल
मेचीनगर,८बैशाख । बितेको पाँच वर्षमा मेचीनगर ८ वडाकार्यालयले भौतिक पूर्वाधार, खानेपानी, विजुली शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा ९६ प्रतिशत काम सम्पन्न गरेको दावी गरेको छ ।
वडाकार्यालयले बुधबार पत्रकार सम्मेलन आयोजना गरेर पाँच वर्षमा गरिएका कामको बारेमा जानकारी गराएको हो । राज्य पुनःसंरचना भएपछि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनसँगै जनप्रतिनिधिहरु आफ्नो वडा तथा नगर सिंगार्ने अभियानमा लागेका थिए । सिंह दरबारको अधिकार गाउँ गाउँमा भन्ने उद्घोषका साथ अघि बढेका जनप्रतिनिधिहरुले आफ्नो क्षमताले भ्याए सम्म शिक्षा स्वास्थ्य तथा पूर्वाधार विकासमा बजेट लगानी गरेका छन् । भने कतिपय जनप्रतिनिधिहरु यतिखेर जनअपेक्षा अनुसार काम गर्न नसक्दा आलोचित बन्ने गरेका छन् ।
पत्रकार सम्मेलनमा वडाअध्यक्ष विकेन्द्र धिमालले वितेको पाँच वर्षमा गरिएका ७२ बुँदे कार्य विवरण प्रस्तुत गर्दै पाँच वर्ष अघि घोषणा पत्रमा उल्लेख गरिएका विकास अभियानलाई आफूहरुले इमान्दारी पूर्वक पुरागरेको बताए । हामीले जनभावना अनससार काम गरेका छौँ , वडाअध्यक्ष धिमालले भने,‘ घोषणा पत्रमा उल्लेख गरिएका धेरैै काम पुराभएका छन् । कोरोनाका कारण केही काम प्रभावित भए ति काम आगामी दिनमा पुरा हुने छन् । हामी पाँचै जना जनप्रतिनिधिहरु एक जुट भएर अभियानमा लाग्यौँ । आज जनताको विश्वास जित्न सफल भएका छौँ’ ।
वडाध्यक्ष धिमालका अनसार वडाले इटाभट्टा–भृकुटी सडकको दुुर्गामन्दिर देखि दोकानडाँडा सम्म कालोपत्र, जोर सिमल उत्तर झापा मार्ग र निन्दा बाँध क्षेउ दुर्गा मन्दिर शान्ति टोल पूर्व हुँदै गोकुल मार्गसम्म कालोपत्रे सडक सम्पन्न गरेको छ । कतिपय सडक तीब्र रुपमा निर्माणको चरणमा छ । भने कतिपय सडक स्तर उन्नती गरेको छ । वडाले निन्दा नदीमा झोलुङगे पुल निर्माणको लागि ठेक्का प्रकृया अघि बढाई सकेको वडाध्यक्ष धिमालले बताए । विपन्न परिवारलाई निशुल्क रुपमा स्वास्थ्य बीमा, सहुलियत दरमा खानेपानी जडान लगायतका कामलाई प्राथमिकतामा राखेर आफूहरुले कामगरेको धिमालको भनाई छ । यो सँगै जनप्रतिनिधिहरुले कोरोनाको व्यापक संक्रमणको समयमा आफना वडाका सदस्यहरुको जीवन बचाउन ठूलो संघर्ष गरेर जनताको विश्वास जित्न सफल भएका छन् ।
पत्रकार सम्मेलनमा वडा सदस्य सन्तोष मेचेले आफूहरु पार्टीबाट निर्वाचित भएर आएपनि साझा जनप्रतिनिधिकाको रुपमा काम गर्न सफल भएको बताए । उनले भने, ‘हामीले सकेसम्म जन गुनासो आउन नदिने गरी काम गरेका छौँ ।’
जीवनको प्रवाह नगरी कोरोना कालमा कोरोना संक्रमित हरुलाई औषधि, खाध्यान्न लगायतमा सामागी उपलब्ध गरायौँ । यो सँगै जनताको समस्यामा सँधै हातेमालो गरेर अगाडि बड्यौँ । आगामी दिनमा अवसर पाए नमूना वडा निर्माणमा जुट्न् छौँ ।’ वडासदस्य मेचेले भने ।कोरोनाकालमा सामाजिक उत्तरदाइत्व बहन गर्दै वडाका १८सय जेष्ठ नागरिकहरुलाई आफूहरुले घरघरमै बृद्ध भत्ता उपलब्ध गराएको उनले बताए ।
वडाले विजुली बत्तिमा समस्या आउन नदिन ३ वटा टा«न्स फार्मर जडान गरिसकेको र थप एक थान लगाउने प्रक्रियामा रहेको बताए । वडाले बिभिन्न भाषा, धर्म र संस्कृतिको संरक्षण गर्न सामुदायिक भवन मठमन्दिर, भूमेथान, भिमसेन थान निर्माणमा बजेट विनियोजन गरेको जनाएको छ ।
कार्यक्रममा अर्का वडासदस्य गांगा प्रसाद पाठकले कोभिडका कारण ४ प्रतिश काम अधुरा रहेको र आगमाी दिनमा आउने जनप्रतिनिधिले ति कामलाई पुरागर्ने विश्वास व्यक्त गरे । कृषिमा आत्मनिर्भर वडा बनाउन वडाले कृषकलाई बिभिन्न समयमा तालिम तथा निशुल्क रुपमा बिउ उपलब्ध गराउदै आएको उनको भनाई थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु