झापाको १५ वटै पालिकामा नेकपा एकीकृत समाजवादी पार्टीले गर्याे उम्मेद्वारहरुको नाम सिफारिस

2022-04-21 मा प्रकाशित

मेचीनगर, ८ बैशाख । स्थानीय तह चुनावका लागि नेकपा एकीकृत समाजवादी पार्टी (एसं) ले झापामा प्रमुख र उपप्रमुख पदका उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ ।

बिहीबार बिर्तामोडमा सम्पन्न एसको जिल्ला पार्टी वैठकले आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि झापामा प्रमुख र उपप्रमुख पदमा उमेद्वारहरुको नाम सिफारिस गरेको हो ।

मेचीनगर नगरपालिकाको प्रमुख पदमा शारदा शर्मा, अर्जुन पौडेल र लक्ष्मी थिङ तथा उपप्रमुखमा बीपी भट्टराई, शंकर थापा र विमला देवकोटाको नाम सिफारिस गरिएको छ ।

यसैगरी बुद्धशान्ति गाउँपालिकामा प्रमुखमा दुर्गा आचार्य र पुष्प खतिवडा तथा उपप्रमुख प्रदीप धिमाल छन् ।

अर्जुनधारा नगरपालिका प्रमुखमा भास्कर काफ्ले र प्रत्युस राना तथा उपप्रमुखमा रमा खवास, प्रेमसागर सापकोटा र अम्बिका खतिवडाको नाम छ ।

बिर्तामोड नगरपालिका प्रमुखमा चन्द्रकला घिमिरे र चेतानन्द निरौला तथा उपप्रमुख पदमा तीर्थ सिग्देल र श्रीप्रसाद सिटौला छन् ।

कनकाई नगरपालिका प्रमुखमा नारायणसिंह राजबंशी तथा उपप्रमुख पदमा अम्बिका उप्रेती छन् ।

त्यस्तै भद्रपुर नगरपालिका प्रमुख पदमा पुष्प पोखरेल र दुर्गा भट्टराई तथा उपप्रमुखमा पदम लिम्बू, टीका रेग्मी र कुज्जा रुचाल छन् ।

शिवसतासी नगरपालिका प्रमुख पदमा नवीन इजम र उपप्रमुखमा यसोधा भट्टराईको नाम सिफारिस गरिएको छ ।

यस्तै कमल गाउँपालिका अध्यक्ष पदमा हरिमाया मैनाली र खगेन्द्र बाराकोटी तथा उपाध्यक्ष पदमा होमबहादुर बराल, चन्द्रकला भण्डारी र राम भण्डारी छन् ।

गौरादह नगरपालिका प्रमुखमा खगेन्द्र दाहाल र नारायण राजबंशी तथा उपप्रमखमा लक्ष्मीदेवी चौधरी छन् ।

कचनकवल गाउँपालिका अध्यक्षमा खेपचरण यादव तथा उपाध्यक्ष पदमा मेहरमान राजबंशी छन् ।

दमक नगरपालिका प्रमुखमा इन्द्र बुढाथोकी र भरतबाबू कार्की तथा उपप्रमुखमा रामकुमारी तामाङ, हमला प्रसाईं र लक्ष्मी चौधरी छन् ।

बाह्दशी गाउँपालिका अध्यक्षमा लक्ष्मी पकुवाल र सीताराम बस्नेत तथा उपाध्यक्षमा शुस्मा मुर्मु छन् ।

गौरीगन्ज गाउँपालिका अध्यक्ष पदमा हिराकाजी गिरीको नाम सिफारिस गरिएको छ ।

झापा गाउँपालिका अध्यक्ष पदमा रामबहादुर खड्का तथा उपाध्यक्षमा ईश्वरी दाहाल छन् ।

यस्तै हल्दिबारी गाउँपालिका अध्यक्ष पदमा उम्मेद्वारको रुपमा टीका पौडेलको नाम सिफारिस गरिएको जिल्ला पार्टी कार्यालयले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु