केसाङ लामाको एकल नाटक ‘विस्थापन’ काँकरभिट्टामा प्रदर्शन

2022-04-22 मा प्रकाशित

मेचीनगर, ९ बैशाख । कलाकार केसाङ लामाको एकल नाटक ‘विस्थापन’ काँकरभिट्टामा बिशेष सो प्रदर्शन गरिएको छ । शुक्रबार मेचीनगर–६ स्थित काँकरभिट्टा खानेपानी उपभोक्ता संस्थाको सभाहलमा कलाकार लामाको ‘विस्थापन’ नाटकको बिशेष सो प्रदर्शन गरिएको हो ।

अविराम नाट्य मञ्चका निर्देशक समेत रहेका कलाकार लामाले माआवादीको १० वर्षे जनयुद्व र नेपालमा भएका अहिलेसम्मका राजनीतिक परिवर्तनले नेता मोटाए तर जनता जहिलै गरिव नै रहेको वास्तविक चित्रण नाटकमा गरिएको छ ।

नाटकको विशेष सो समापनपछि समिक्षात्मक कार्यक्रममा साहित्यकार पर्शुराम तिम्सिना, पत्रकारहरु चन्द्र भण्डारी, मोहन काजी, नाटक व्यवस्थापनका संयोजक शंकर भट्टराई र कलाकार लामाले आ–आफ्नो धारणा राखेका थिए ।

शनिबार बिहान ११ बजे र दिउँसो ३ बजे नाटक प्रदर्शन गरिने जनाएको छ । प्रवेश शुल्क ३ सय र ५ सय टिकट लाग्नेछ भने विद्यार्थीलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको संयोजक भट्टराईले बताए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु