३ ठूला दलका कारण देश असफल राष्ट्रबन्ने खतरा बढ्यो ः अध्यक्ष लिङदेन

2022-04-23 मा प्रकाशित

।। डम्बर बराल ।।

मेचीनगर, १० बैशाख । राष्टि प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङद्ेनले तीन ठूला दल नेपाली काँग्रेस , एमाले र माओवादीको कारण देश असफला राष्ट्र बन्ने खतरा बढेको बताए । झापाको मेचीनगर आयोजित पार्टी प्रवेश तथा उम्मेद्वार घोषणा सभामा सो कुरा बताएका हुन् । आसन्न स्थानीय तहको निर्वाचनको लागि मेचीनगरमा प्रमुख ठूला दल नेपाली काँग्रेस र एमालेले उम्मेद्वार घोषणा गर्न नसकिरहेको समयमा राप्रपाले शनिवार प्रमुख र उपप्रमुख पदमा उम्मेद्वारी घोषणा गरेको छ ।
राप्रपाले नगर प्रमुखमा रमेश दाहाल र उपप्रमुखमा सविना बजगाईको नाम घोषणा गरेको हो ।नवप्रवशीहरुलाई स्वागत गर्न आएका पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले प्रमुख र उपप्रमुखको नाम घोषण गरेका हुन् ।
राप्रपाको एकता महाधिवेशनपछि देशमा नयाँ ध्रुविकरण सुरु भएको बताउँदै अध्यक्ष लिङदेनले देशलाई माया गर्ने, देशमा परिवर्तन चाहनेहरु राप्रपामा आउने लहर चलेको र राजनीतिलाई पेशा ठान्ने र कमाउ धन्दामा लागेकाहरु अरु पार्टीमा लाग्ने अभियान सुरु भएको बताए ।

‘देशमा भ्रष्टचार गर्नु भनेको आमाको रगत पिउनु सरह हो’, अध्यक्ष लिङदेनले भने, ‘हामी देशलाई भ्रष्टचार मुक्त बनाउछौँ । हाम्रो पार्टीका कुनै कार्यकर्ताले भ्रष्टचार गर्ने छैनन् । हामी यो संकल्पका साथ अभियानमा छौँ । देश बनाउने अभियानमा तपाइहरुले साथ दिनु पर्याे ।’

उनले राप्रपा बलियो भए मात्र देशले समृद्धि हासिल गर्ने बताए । वितेको ३१ वर्षसम्म देश बेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताउँदै उनले रोगजारीको लागि खाडी मुलक धाउनु पर्ने परिस्थितिको अन्त्यगरी देशमै रोजगारी सिर्जना गर्नु पर्ने बताए ।

मेचीनगर अध्यक्ष सबिना बजगाईको सभापतित्व रहेको कार्यक्रममा जिल्ला अध्यक्ष केशव ओझाले देशमा परिवर्तका लागि सवै सचेत भएर राप्रपालाई मतदान गर्न आग्रह गरे । ओझाले देश र धर्मलाई जोगाउने पार्टी राप्रपा मात्र भएको दावी गरे ।

सो अवसरमा विभिन्न पार्टी परित्याग गरी दुई दर्जन भन्दा बढीले राप्रपामा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई केन्द्रीय अध्यक्ष लिङदेनले अविर लगाएर पार्टी प्रवेश गराएका थिए ।

१ नम्बर प्रदेश परिषद सदस्य रमेश दाहालले स्वागत गरेको कार्यक्रमको सञ्चालन मेचीनगर सचिव विशाल कृष्ण बाँस्तोलाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु