मेचीनगरमा एमालेबाट प्रमुखमा गोपाल बुढाथोकी, उपप्रमुखमा मीना उप्रेती

2022-04-24 मा प्रकाशित

वैशाख ११ ,मेचीनगर । नेकपा एमालेले मेचीनगर नगरपालिकाको नगर प्रमुख र उपप्रमुखका उम्मेद्वारको टुंगो लगाएको छ । आगामी वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनकालागि निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेद्वारी मनोनयनको समय केही घणटामात्र बाँकी रहदा नगरप्रमुखमा गोपालचन्द्र बुढाथोकी र उपप्रमुखमा मीना पोखरेल उप्रेतीको नाम नेकपा एमाले १ नम्वर प्रदेश कमिटीले टुंगो लगाएको एक नेताले बताए ।

बुढाथोकीले १ नम्वर प्रदेशसभा सदस्य हुनुहुन्छ भने उप्रेती यसअघि मेचीनगर नगरपालिकाको उपप्रमुख हुनुहुन्थ्यो । शनिवार मध्यरातमा यी दुई नाम टुंगो लगाएको समाचार स्रोतको भनाई छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु