2022-04-24 मा प्रकाशित
मेचीनगर । स्थानीय निर्वाचनमा उठ्न प्रदेश १ का दुई सांसदले राजीनामा दिएका छन् । प्रदेशसभा सचिव गोपाल पराजुलीका अनुसार प्रदेश सांसद काजिमान कागते र गोपाल चन्द्र बुढाथोकीले राजीनामा दिएका हुन् ।
कागते इलाम क्षेत्र नम्बर १ ख र बुढाथोकी झापा १ को ख बाट निर्वाचित भएका थिए । नेकपा एमालेबाट निर्वाचित दुवै सांसदको राजीनामा स्वीकृत भएको पराजुलीले बताए ।
स्थानीय तह निर्वाचनमा कागते इलामको सूर्योदय नगरपालिका र बुढाथोकी मेचिनगर नगरपालिकामा उठ्नको लागि प्रदेश सासंदबाट राजीनामा दिएका हुन् ।
नेकपा एमालेले बुढाथोकीलाई मेचीनगर नगरपालिकाको मेयरमा नाम टुङ्गो लगाएको छ ।
प्रतिकृया दिनुहोस्