मेचीनगरमा नेपाली काँग्रेसबाट नगर प्रमुखमा बुढाथोकीले गराए उम्मेद्वारी दर्ता

2022-04-25 मा प्रकाशित

इँटाभट्टा । नेपाली काँग्रेसका तर्फबाट मेचीनगर नगरपालिकाको प्रमुखमा इन्द्रबहादुर बुढाथोकीले उम्मेद्वारी दर्ता गराएका छन् । प्रदेश समिति र केन्द्रिय समितिले फरक फरक उम्मेद्वारी निर्णय गरेपछि अन्योल भएको मेचीनगर प्रमुखमा केन्द्रिय समितिले निर्णय गरेको बुढाथोकीलाई नै निर्वाचन आयोगले आधिकारिक उम्मेद्वार हुने बताएपछि बुढाथोकीको मात्रै उम्मेद्वारी दर्ता भएको हो ।
काँग्रेसको प्रदेश समितिले केशवराज पाण्डेलाई मेचीनगरको प्रमुखमा उम्मेद्वार बनाउने निर्णय गरेको भए पनि केन्द्रिय संसदिय बोर्डले पाण्डेको टिकट रद्द गर्दै बुढाथोकीलाई आधिकारिक उम्मेद्वारका रुपमा चयन गरेको थियो ।
उम्मेद्वारी दर्तामा केही अन्योल भए पनि पार्टीका तर्फबाट आधिकारीक उम्मेद्वार दर्ता भइसकेपछि अन्य बिषय आन्तरिक छलफलबाट समाधान हुने प्रमुखमा उम्मेद्वारी दर्ता गराउनु भएका बुढाथोकीले प्रतिक्रिया दिए । पार्टी केन्द्रले गरेको निर्णयलाई सम्मान गर्दै आफूले उम्मेद्वारी दर्ता नगरेको काँग्रेस झापाका उपसभापति समेत रहेका पाण्डेले बताए ।
नगरप्रमुखमा उम्मेद्वारी दर्ता गराएका काँग्रेस झापा क्षेत्र नं। १ का सभापति समेत रहेका बुढाथोकी काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पक्षका हुन् भने प्रदेश समितिले निर्णय गरेका पाण्डे नेता कृष्णप्रसाद सिटौला पक्षका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु