मेचीनगरमा राप्रपाका उम्मेद्वारले पाउपाथिभरामा पुगेर खाए कसम

2022-04-25 मा प्रकाशित

मेचीनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगरले आफ्नो पार्टीबाट उम्मेद्वार बन्ने सवैलाई भ्रष्टचार नगर्न कसम खुवाएर उम्मेद्वारी दर्ता गराएको छ ।
भ्रष्टचार गर्नु आमाको रगत पिउनु सरह भएको बताउँदै आएको राप्रपाले मेयर, उपमेयर, वडा अध्यक्ष तथा सदस्य पदका उम्म्दवारलाई मनोनयन दर्ता गर्नु अघि पाउपाथिभरा मन्दिरमा लगेर भ्रष्टचार नगर्न कसम खुवाएको हो । पाउ पाथिभरा पुगेका उम्मेदवारहरुलाई पार्टीका जिल्ला अध्यक्ष केशव ओझाले भ्रष्टचार गर्नु आमाको रगत पिउनु सरहो त्यसैले हामी भ्रष्टचार गर्दैनौँ इमान्दारी पूर्वक जनताको सेवा गर्दछौँ भनि कसम खुवाएका थिए । सो अवसरमा पार्टीका केन्द्रिय प्रवक्ता भक्ति सिटौलाको समेत सहभागिता रहेको थियो ।


पाउपाथिभरा पुगेका उनीहरुले पाथिभरा मातको पुजा आराधना समेत गरेका थिए । त्यसपछि राप्रपाले निर्वाचन कार्यालय मेचीनगर पुगेर मनोनयन दर्ता गराएको थियो । राप्रपाको तर्फबाट नगर प्रमुखमा रमेश दाहाल र उपप्रमुखमा सविना बजगाईले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता पछि जिल्ला सदस्य सचिन निरौलाले देशमा आमुल परिवर्तनका लागि राप्रपालाई मत दिएर जिताउन आग्रह गरे । देशलाई असफल राष्ट्र हुनबाट जोगाउन र भ्रष्टचार अन्त्य गर्न राप्रपाको विकल्प नभएको उनको भनाई थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु