मेचीनगर ७ मा नेपाली काँग्रेस र एमालेमा बागी उम्मेद्वार

2022-04-25 मा प्रकाशित

 

मेचीनगर १२ बैशाख । पार्टीले उम्मेद्वार छनौटमा आफ्नो नाम समावेश नगरेपछि असन्तुष्ट बनेका नेपाली काँग्रेस मेचीनगर ७ का वडासभापति कञ्चन बराल र मेचीनगर ७ का कार्यावहाक वडाअध्यक्ष नेत्र दाहालले बागी उम्मेद्वाी दर्ता गराएका छन् ।

बर्षौदेखि पार्टीको संगठन निर्माण गर्न र उपल्लो नेतृत्वले लगाएको काम गर्दा सबै कुरा त्यागियो,’ काँग्रेस वडा सभापति बरालले बरालले भने,  ‘निर्वाचनका बेला उम्मेद्वार हुन्छु भन्दा पार्टीले नदिने भनेपछि पार्टी भन्दा बाहिर रहेर पनि स्थानीयको सेवामा समय खर्च गर्छु भनेर उम्मेद्वारी दर्ता गराएको छु ।’ म माथिको अन्याय वडाबासीले आफुलाई मत दिएर आफुलाई विजयी गराउने बरालले दाबी गरे ।

एमालेले मजदुर बर्गलाई छोडेका कारण सम्पूर्ण मजदुरहरुको तर्फबाट मैले उम्मेद्वारी दर्ता गराएको छु,’ एमाले मेचीनगर कमिटिका सदस्य समेत रहनु भएका दाहालले भने , ‘संसारका मजदुर एक हौं भन्ने तर मजदुरलाई अगाडी बढ्न नदिने प्रबृत्ति बिरुद्ध मेरो उम्मेद्वारी हो ।’

एमालेको जनवर्गिय संगठन नेपाल चिया तथा कृषि मजदुर संगठनका केन्द्रिय सचिव समेत रहेका दाहालले आफ्नो वडामा मजदुर बर्गको बाहुल्य रहेकाले पनि आफुले चुनाव जित्ने दाबी गरे । २०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष चन्दन मेचेको कोरोनाका कारण निधन भए पछि एमालेबाट निर्वाचित वडा सदस्य दाहालले कार्यवाहक वडा अध्यक्षको रुपमा काम गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु