मेचीनगर ७ मा नेपाली काँग्रेस र एमाले दुवैका बागी उम्मेद्वार

2022-04-25 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिकाको वडा नं ७ मा नेपाली काँग्रेस र नेकपा एमाले दुवै दलका तर्फबाट बागी उम्मेद्वारी परेको छ । नेपाली काँग्रेसका वडा सभापति कञ्चन बराल र मेचीनगर ७ का वर्तमान कार्यवाहक वडा अध्यक्ष नेत्रप्रसाद दाहाले बैशाख ३० गते हुने निर्वाचनका लागि वडा अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएको छन् ।

पार्टीले टिकट नदिएपछि काँग्रेसका वडा सभापति बराल र कार्यवाहक वडा अध्यक्ष तथा एमालेका नेता दाहालले बागी उम्मेद्वारी दर्ता गराएको हो ।

‘बर्षौदेखि पार्टीको संगठन निर्माण गर्न र उपल्लो नेतृत्वले लगाएको काम गर्दा सबै कुरा त्यागियो,’ काँग्रेस वडा सभापति बरालले भने, ‘निर्वाचनका बेला उम्मेद्वार हुन्छु भन्दा पार्टीले नदिने भनेपछि पार्टी भन्दा बाहिर रहेर पनि स्थानीयको सेवामा समय खर्च गर्छु भनेर उम्मेद्वारी दर्ता गराएको छु ।’ म माथिको अन्याय वडाबासीले आफुलाई मत दिएर आफुलाई विजयी गराउने बरालले दाबी गरे ।

‘एमालेले मजदुर बर्गलाई छोडेका कारण सम्पूणर् मजदुरहरुको तर्फबाट मैले उम्मेद्वारी दर्ता गराएको छु,’ एमाले मेचीनगर कमिटिका सदस्यसमेत रहेका दाहालले भने, ‘संसारका मजदुर एक हौं भन्ने तर मजदुरलाई अगाडी बढ्न नदिने प्रबृत्ति विरुद्ध मेरो उम्मेद्वारी हो ।’
एमालेको जनवर्गिय संगठन नेपाल चिया तथा कृषि मजदुर संगठनका केन्द्रिय सचिवसमेत रहेको दाहालले आफ्नो वडामा मजदुर बर्गको बाहुल्य रहेकाले पनि आफुले चुनाव जित्ने दाबी गरे ।

२०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष चन्दन मेचेको कोरोनाका कारण निधन भए पछि एमालेबाट निर्वाचित वडा सदस्य दाहालले कार्यवाहक वडा अध्यक्षको रुपमा काम गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु