मेचीनगरमा एमालेबाट नगर प्रमुखमा बुढाथोकी र उपप्रमुखमा उप्रेतीले गरे उम्मेद्वारी दर्ता

2022-04-26 मा प्रकाशित

मेचीनगर,१२ बैशाख । नेकपा एमालेका तर्फबाट मेचीनगरको प्रमुखमा गोपालचन्द्र बुढाथोकी र उपप्रमुखमा मिना उप्रेतीले उम्मेद्वारी दर्ता गराएका छन् ।

ठूलो संख्यामा कार्यकर्ताहरु लिएर नगर निर्वाचन अधिकृतको कार्यालयमा पुगेका एमालेका उम्मेद्वार बुढाथोकी र उप्रेती सहित वडा अध्यक्ष र सदस्यहरुले उम्मेद्वारी दर्ता गराएका हुन् ।

प्रदेश सांसदबाट राजीनामा गरी नगरप्रमुखका उम्मेद्वार दिएका बुढाथोकी एमाले प्रदेश कमिटि सदस्य हुन भने उपप्रमुख उम्मेद्वारी दर्ता गराउनु भएकी उप्रेती एमाले केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज हुन ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु