अर्जुनधारा नगरपालिकालाई मेची अभियानले दियो स्वास्थ्य सामाग्री

2020-06-19 मा प्रकाशित

अर्जुनधारा,५ असार ।जिल्लामा कोरोना संक्रमण तीव्ररुपमा बढ्दै गएपछि यसबाट जोगिन तथा संक्रमण फैलिन नदिन मेची अभियानले अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । अभियानका परिकल्पनाकार विश्वप्रकाश शर्माको नेतृत्वमा नगरपालिका पुगेको टोलीले स्वास्थ्य सामग्री नगरलाई हस्तान्तरण गरेको हो ।शुक्रबार एक कार्यक्रमका बीच ५० थान भिटिएम ९भाइरल ट्रान्सपोर्ट मिडियम किट, व्यक्तिगत सुरक्षा कवच ९पिपिई०ं, सेनिटाइजर मास्क लगायतका सामग्री नगरपालिकाका प्रमुख हरिकुमार राना र उप–प्रमुख कमला खतिवडालाई हस्तान्तरण गरिएको अभियानका संयोजक विजय डालमियाँले जानकारी दिनु भयो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु