बरालले उम्मेदवारी फिर्ता लिए

2022-04-27 मा प्रकाशित

मेचीनगर, बैशाख १४ । पार्टीले वडाध्क्ष पदमा उठ्न टिकट नदिएपछि असन्तुष्ट बनेर वडाध्यक्ष पदमा स्वतन्त्र उम्म्दवारी दिएका मेचीनर वडासभापति कञ्चन बरलले आज आफ्नो उम्म्दवारी र्तिा लिएका छन् ।

बरालले आज एक बिज्ञप्ती जारी गर्दै नगरप्रमुखका लागि काँग्रेसका उम्मेद्वार इन्द्र बहादुर बुढाथोकीलाई विजयी बनाउन आफुले उम्मेद्वारी फिर्ता लिएको बताएका छन् । बरालले बिज्ञप्तीमा भनेका छ् , ‘मैले सम्मान गर्ने मलाई धेरै पटक सहयोग पुर्याउनु भएका मेरो नेता जस्को नेतृत्वमा मैले एक कार्यकाल वडा सभापति भई काम गरिसकेका दाई इन्द्र बुढाथोकी नै मेयरको प्रत्यासी भएका बेला यो अप्रिय निर्णय लिन मलाई मेरो धमनी भित्र बग्ने रगतले रोक्यो, छेक्यो । अन्तत आफ्ना केही सर्तहरु नराखी निसर्थ आजको मितिबाट मैले मेरो स्वतन्त्र उम्मेद्वारी फिर्ता लिने निर्णय गरेको छु ।’

पार्टीमा लामो समयदेखि विभिन्न जिम्मेवारी निर्वाह गरेको र आफुले पाएको सबै कामलाई इमान्दार पुर्वक पुरा गरेको भए पनि नेताको चाकडी नगरेका कारण आफुले वडा अध्यक्षको टिकट नपाएको बरालले बताए।आफ्नो उम्मेद्वारीले काँग्रेस कार्यकता र शुभचिन्तकहरुमा ठुलो अन्योल भएको र त्यसले नगरप्रमुखका उम्मेद्वार इन्द्र बुढाथोकी नेतृत्वको गठबन्धनका उम्मेद्वारहरुलाई नै नकरात्मक असर पर्ने भएकाले आफुले उम्मेद्वारी फिता लिएको बरालले स्पष्ट पारेका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु