
2022-04-28 मा प्रकाशित
मेचीनगर बैशाख १५ । नेपाली काँग्रेसले झापामा विजयी खाता खोलेको छ । झापाको कचनकवल गाउँपालिकामा काँग्रेसका दलित महिला सदस्यका उम्मेद्वार निर्विरोध निर्वाचित भएको काँग्रेस झापाका सचिव कृष्ण हुमागाईलेजानकारी दिए ।
कचनकवल वडा नं ४ की काँग्रेसकी दलित महिला सदस्य बिजली दासले मनोनयन दर्ता गरेको सो वडामा दलित महिला सदस्यका लागि अन्य दलबाट कुनै पनि उम्मेद्वार नपरेका कारण काँग्रसका उम्मेद्वार दास निर्वाचन हुनु १४ दिन अघि नै निर्विरोध निर्वाचित भएकी हुन् । यसको निर्वाचन अधिकृतको कार्यालयबाट घोषणा हुन भने बाँकी रहेको छ ।
प्रतिकृया दिनुहोस्