गठबन्धनका उम्मेद्वारलाई जिताउन नेता पाण्डेले अगुवाई गर्ने

2022-04-29 मा प्रकाशित

मेचीनगर । नेपाली काँग्रेस झापाका उपसभापति केशवराज पाण्डेले गठबन्धनका उम्मेद्वारलाई जिताउन चुनावी मैदानमा होमिएको बताएका छन् ।

मेचीनगरमा काँग्रेसबाट प्रमुख पदमा इन्द्रबहादुर बुढाथोकीले उम्मेद्वारी दर्ता गराएपछि पाण्डे असन्तुष्ट रहेका थिए । यहीबीचमा नेपाली काँग्रेस प्रदेश नं १ का सभापति उद्धव थापा, नेपाली काँग्रेसबाट मेचीनगर प्रमुखका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकी र जिल्ला उपसभापति पाण्डेबीच मिलेर जानेगरी सहमति भएको बुझिएको छ ।

सोहार्दपूर्ण ढंगले हामी बीच कुनै पनि विवाद र असन्तुष्ट नरहेको र मेचीनगरमा रहेको गठबन्धनलाई जिताउन लाग्ने दुवै नेता बुढाथोकी र पाण्डेले उद्घोष गरेका छन् । लामो समय छलफल पछि दुवैजनाबीच हार्दिकता साटासाट भएको काँग्रेस नेता लोकराज ढकालले बताए ।
शुक्रवार काँग्रेस नेता लोकराज ढकालको निवास मेचीनगरको दुहागढीमा बसेको छलफलमा पाण्डेले टिकट नपाएको विषयमा कुनै ग्लाली नभएको बताएका थिए । उनले मेचीनगरमा काँग्रेस एकढिक्का भएर गठबन्धनका उम्मेद्वारलाई जिताउन लाग्ने बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु