मेचीनगरमा गठबन्धन दलका तर्फबाट उम्मेद्वार तथा प्रतिबद्धता पत्र सार्वजनिक

2022-04-30 मा प्रकाशित

धुलाबारी, १७बैशाख । बैशाख ३० गते हुने निर्वाचनका लागि नेपाली काँग्रेस नेतृत्वको गठबन्धन दलहरुले मेचीनगरको प्रतिबद्धता पत्र तथा उम्मेद्वारहरु सार्वजनिक गरेको छ ।
धुलाबारी चोकमा गरिएको उम्मेद्वार घोषणा सभामा गठबन्धन दलका तर्फबाट मेचीनगरका प्रमुखका उम्मेद्वार काँग्रेसका इन्द्र बहादुर बुढाथोकी र उपप्रमुखका उम्मेद्वार माओवादी केन्द्रका प्रकास भण्डारी सहित १५ वटै वडाका ७६ जना उम्मेद्वार सार्वजनिक गरिएको काँग्रेस मेचीनगरका सचिव मनोज घिमिरेले जानकारी दिए ।
नेपाली काँग्रेसका केन्द्रिय सहमहामन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि पाण्डेले संघिय लोकतान्त्रीक गणतन्त्र नेकपा एमालेको लागि बाँदरको हातमा नरिवल जस्तो भएको आरोप लगाएका छन् । जनताले अघिल्लो निर्वाचनमा कम्युनिष्टको सरकारबनाउन दूई तिहाई जनमत दिए तर केपी शर्मा ओलीले त्यसको महत्व बुझ्न नसक्दा कम्युनिष्ट सरकार ढलेको र यस निर्वाचनबाट एमालेको दम्भ तोडिने  र साइजमा आउने उनको भनाई थियो ।


कार्यक्रममा नेपाली काँग्रेस झापा जिल्ला उपसभापति केशवराज पाण्डेले गठबन्धनको सम्पूर्ण उम्मेद्वारहरुलाई जिताउन आग्रह गरे । नेता पाण्डेले मेयरका प्रत्यासी बुढाथोकी र आँफू बीच कुनै तिक्तता नरहेको र आफू सिंगो टिमलाई जिताउने अभियानमा लाग्ने उद्घोष गरे । उम्मेदवारी मनोयनन प्रक्रियामा केही बिमति थियो पाण्डेले भने, ‘त्यस विषयमा निर्वाचन पछि समिक्षा गराँैला तर अहिलो निर्वाचनमा सबैले जुट्नुको विकल्प छैन् ।’


कार्यक्रममा विशेष अतिथि माओवादी केन्द्रका नेता रञ्जीत तामाङ, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा झापा इन्जार्ज धनप्रसाद गुरुङ, नेपाली काँग्रेसका प्रदेश समिति सदस्य तथा मेचीनगर प्रमुख बिमल आचार्य, नेपाली काँग्रेस प्रदेश कमिटी सदस्य शोभा शोभा श्रेष्ठ, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य पुरुषोत्तम चुँडाल, काँग्रेस झापा जिल्ला सभापति देउकुमार थेवे लगायतको आतिथ्यता रहेको थियो ।
काँग्रेस मेचीनगरका सभापति सुवेशकुमार पनेरुको अध्यक्षमा सम्पन्न कार्यक्रमका बिच गठबन्धनका तर्फबाट मेचीनगरका लागि तयार गरिएको प्रतिबद्धता पत्र समेत सार्वजनिक गरिएको थियो ।
जनता समाजवादी पार्टीका क्षेत्रीय सचिव विमल काफ्लेले स्वागत गरेको कार्यक्रमको सञ्चालन कृष्ण कौशल र मनोज घिमिरेले संयुक्त रुपमा गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु