काँकरभिट्टा रोटरी ‘क्लब एश्याम्ली’ सम्पन्न , मिडिया संयोजकमा पत्रकार उप्रेती चयन

2020-06-20 मा प्रकाशित

काँकरभिट्टा,६ असार ÷ रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान सन् २०२०÷२०२१ का अष्सिटेण्ड गर्भनर नवीन श्रेष्ठले रोटरी समाजप्रतिको उत्तरदायित्व वहन गराउने नाफारहित सामाजिक संस्था भएको बताउनुभएको छ ।
उहाँले आफ्नो लागि मात्र नभएर समाजका लागि पनि केही गर्नुपर्छ भन्ने सकारात्मक सोच र निःस्वार्थ भावनाभएका उद्योगी व्यवसायीहरु तथा विभिन्न पेशामा रहेका मानिसहरु मात्र रोटरीमा अटाउने विचार राख्नुभयो ।

रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाको सन् २०२०÷२०२१ ‘क्लब एश्याम्ली’ मा बोल्दैं एजी श्रेष्ठले रोटरीले हरेक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गदैं अब आफ्नो लागिमात्र नभई समाजका लागि पनि केही गर्नुपर्छ भन्ने हरेकको सोच हुनुपर्ने धारणा राख्नुभएको थियो ।

अहिले विश्वमा महामारीकारुपमा रहेको नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणमा रोटरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गदैं एजी श्रेष्ठले सामाजिक, शैक्षिक, खेलकुद तथा स्वास्थ्य शिक्षालगायत हरेक सामाजिक सेवामा रोटरीले आफ्नो उपस्थितीसहित विभिन्न रचनात्मक एवम् सकरात्मक काम गरेकोमा सवै रोटरी क्लबप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

रोटरीले प्रचारमा भन्दापनि काममा विश्वास गर्नै बताउदैं उहाँले रोटरी क्लबका बारेमा कुरा गर्दा वा सदस्य बनिरहदा सवैभन्दा पहिलो रोटरी केहो बुझ्न जरुरी रहेको उहाँको भनाई थियो । विभिन्न पेशा तथा उद्योगी व्यावसायीहरुलाइ सांगठानिकरुपमा एक ठाउँमा गोलबद्घ बनाएर आफुमा रहेकोे सीपको सदुपयोग गर्दै समाजप्रतिको उत्तरदायित्व वहन गराउने संस्था नै रोटरी भएको उहाँले दोहोर्याउनुभयो ।
मेचीनगर—६ काँकरभिट्टास्थित अरुणोदय आवसीय माध्यमिक विद्यालयको सभाहलमा रोटरी क्लव अफ काँकरभिट्टाका सन् २०१९÷२०२० अध्यक्ष मोहन निरौलाको सभापतित्वमा भएको ‘क्लब एश्याम्ली’ मा २०१९÷२०२० का अष्सिटेण्ड गर्भनर कुमार गिरीले यो अन्तर्राष्ट्रिय संस्था भए पनि यसको सदस्य बन्न कुनै दल, लिङ्ग, धर्म, वर्ग, संस्कृति कला जातले नछेक्ने बताउँदै सहयोगी भावनाका साथ स्वार्थ त्यागेर यो समाजकालागि केही गरौ भन्ने पेशा वा व्यवसायमा आवद्घ व्यक्ति नै यसको सदस्य हुने बताउनुभयो । यसको इतिहास हेर्ने हो भने निक्कै राम्रा र उपलब्धिमुलक काम रोटरीले गरेको भन्दैं उहाँले रोटरीको यस कार्यलाई संसारले निक्कै उपलब्धिमुलक काम ठान्दैं यसको खुलेरै प्रशंसा गरेको दावी गर्नुभयो ।

रोटरी क्लव अफ काँकरभिट्टाको सन् २०२०÷२०२१ का क्लव एडमिनिट्रेशन राजु मर्हजन, पव्लिक ईमेज कमल थापा, मेम्वर सीप कृष्णराज पौडेल, टिआरएफ डाक्टर आनन्दराज खनाल, सर्भिस प्रोजेक्ट ईञ्जिनियर रूद्र मैनाली र कोषाध्यक्ष युवराज भट्टराईले आफ्नो कार्यकालमा गरिने भावी योजना सहितको अलग अलग वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसअघि रोटरीले गर्दै आएका कामलाई निरन्तरता दिदैं थप अरू रचनात्मक र सकरात्मक काम गर्ने प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । एजी नवीन श्रेष्ठ र गिरीले प्रस्तुत प्रतिवेदनमाथि प्रतिवेदनमाथि थप सुझाव दिनुभएको थियो । रोटरीले विभिन्न विधा अन्तर्गत विश्वशान्ति, खानेपानी र सरसफाई, आधारभूत शिक्षा, विभिन्न रोगको उपचार, तथा रोकथाम ,आमा र नवजात शिशुको स्वास्थ्य उपचार, समुदायमा आधारित आर्थिक विकासका क्षेत्रमा रोटरीले काम गर्नुपर्न सुझाव दिदैं एजीद्वयले रोटरीले ६ वटा विधामा

‘सिक्स फोकस एरिया’ मा सक्रिय रहन पनि आग्रह गर्नुभएको थियो । काँकरभिट्टा रोटरीले अहिले विश्वमा महामारीकारूपमा रहेको नोवल कोरोना भाईरस कोभिड १९ को नियन्त्रणमा खेलेको भूमिकाको खुलेरै एजीद्वय श्रेष्ठ र गिरीले प्रशंसा गर्नुभयो । रोटरीबाट के लिने भन्दा पनि के दिने भन्ने सोच हरेक सदस्यमा हुनुपर्ने बताउदैं एजीद्वयले विश्वमा रोटरीले स्वास्थ्य शिक्षा वातावरणलगायत सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नुभयो । हरेक रोटरियनहरुलाई सामाजिक क्षेत्रमा क्रियाशील हुन आग्रह गदैं उहाँहरुले आफ्नो तथा डिष्ट्रीककातर्फबाट हरेक कुरामा सहयोग गर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो ।

सन् २०२०÷२०२१ का अध्यक्ष कृष्णकान्त खनियाले आफ्नो कार्यकालमा गरिने काम र आफ्नो नेतृत्वको पदाधिकारीहरूको नामावली सार्वजनिक गर्नुभएको थियो भने सन् २०१९÷२०२० अध्यक्ष मोहन निरौलाले आफ्नो कार्यकाल सफल बनाउन सहयोगि भूमिका निर्वाह गर्नुहुने सवैमा धनयवाद र हार्दिक आभार प्रकट गर्नुभएको थियो । सन् २०२०÷२०२१ का प्रेसिडेण्ट इलेक्ट रोहितकुमार बुढाथोकीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सेक्रेटरी उदयकुमार श्रेष्ठ र सहभागी सवैलाई सन् २०२०÷२०२१ का प्रेसिडेण्ट नोमिनि सुजन प्रधानले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

यसैगरी रोटरी क्लब अफ काँकरभिट्टाको मिडिया संयोजकका रुपमा पत्रकार लक्ष्मी उप्रेतीलाई चयन गरिएको छ । क्लबका पव्लिक ईमेज कमल थापाले पत्रकार उप्रेतीको नाम घोषणा गर्नुभएको थियो । सन् २०१९÷२०२० देखिनै पत्रकार उप्रेती रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाका मिडिया संयोजक जिम्मेवारी निर्वाह गदैं आउनु भएको र हालै सम्पन्न बैठकबाट पत्रकार उप्रेतीकै नाम सर्वसम्मत गरिएको पव्लिक ईमेजका सदस्य मेदनिप्रसाद खरेलले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु