मेचीनगर १५ मा एमालेको घर दैलो अभियान

2022-04-30 मा प्रकाशित

मेचीनगर, १७ वैशाख । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि नेकपा एमाले मेचीनगर कमिटीले घरदैलो अभियानलाई तीव्र पारिरहेकोछ ।

शनिबार मेचीनगर–१५ को मजदुर बस्ती, फडानी वस्ती, भिन्डी बस्ती, कमलेस मर्डी, निलकोटी चोक, मिल चोक, विचारर्नी, हेल्दुवाडी लगायतमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

वडा नं १५ का उम्मेद्वारहरु वडाध्यक्षमा मुरलिधर कोइराला तथा सदस्यहरू बिमला राजबंशी, सन्तोष खवास, राजु राजबंशी र मीरा विक छन् ।

घरदैलो कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्यद्वय विष्णु प्रसाईं, भीम खवास, संविधान सभा सदस्य मानसिंह राजबशी, मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकी, उम्मेद्वार मीना पोखरेल उप्रेती, १५ नम्बरका वडाध्यक्षका उम्मेद्वार मुरलिधर कोइरालाले सम्बोधन गरेका थिए ।

कार्यक्रममा कालिका, बैभव, बंशल टि–स्टेटका मजदूरहरुको उल्लेखनीय सहभागिता रहेको थियो । उम्मेद्वारहरुले त्यस क्षेत्रका सडक, पुल, जग्गाका समस्याहरुलाई समाधान गरिने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा एमाले नेताहरु कोटिया राजबशी, नरेश विक, शोभा खवास, मोहन काजी, सुशील आचार्य, एमाले जिल्ला सदस्य रेणुका डाँगी उप्रेती, अनेमसंघ नगर अध्यक्ष जानुका ओली लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन मेचीनगर–१५ का प्रचार प्रसार समितिका संयोजक जीवन सापकोटाले गरेका थिए ।

एमाले मेचीनगर कमिटीले शुक्रबारदेखि घरदैलो अभियान सुरु गरेको छ । पहिलो दिन १४ नम्बर वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेको थियो । आइतबार १० नम्बर वडामा घरदैलो कार्यक्रम गर्दैछ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु