एमाले मेचीनगर–६ को प्रतिबद्वता पत्र

2022-05-01 मा प्रकाशित

काँकरभिट्टा । नेकपा एमाले मेचीनगर–६ वडा कमिटीले स्थानीय तह निर्वाचनका लागि प्रतिबद्वता पत्र सार्वजनिक गरेको छ ।

काँकरभिट्टा स्थित भानुटोलमा एमाले वडा नम्बर ६ ले पत्रकार सम्मेलन गरेर प्रतिबद्वता पत्र सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा एमाले मेचीनगर–६ का वडाध्यक्ष पदका उम्मेद्वार बालकृष्ण थापा, वडा सदस्यका उम्मेद्वारहरु धर्वकुमार राई, भविन्द्र सुब्बा, महिला सदस्यका उम्मेद्वार अञ्जु थापा तथा दलित महिला पदका उम्मेद्वार सीमा रसाईलीले संयुक्तरुपमा प्रतिबद्वता पत्र सार्वजनिक गरेका थिए ।

एमाले ६ नम्बर वडा कमिटी अध्यक्ष प्रितम काफ्लेले प्रतिबद्वता पत्र बाचन गरेका थिए । वडाध्यक्ष पदका उम्मेद्वार थापाले आफ्नो टिम विजयी भए यी सवै कुरा गरेर देखाउने दावी गरेका थिए ।

अध्यक्ष काफ्लेको सभापतित्व, उपाध्यक्ष रामबहादुर तामाङको स्वागत र कार्यक्रमको सञ्चालन सचिव राजु पौडेलले गरेका थिए ।

प्रतिबद्घता पत्रमा समाजवादको तीन आधार शिक्षा, स्वास्थ्य र रोजगारलाई पहिलो प्राथमिकता दिएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु