भ्रष्टचार अन्त्यको लागि राप्रपा आजको आवश्यक्ता उपमेरकी प्रत्यासी ः चुँडाल

2022-05-02 मा प्रकाशित

झापा । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कनकाई नगरपालिकामा राप्रपाबाट उपमेरकी प्रत्यासी बनेकी सचित्रा खनाल चुँडालले देशमा आमुल परिवर्तनका लागि राप्रपालाई मत दिएर विजयी गराउन आग्रह गरेकी छिन् । देशमा बढेको चरम भ्रष्टचार अन्त्यको गर्न सुशासन कायम गर्न राप्रपा आजको आवश्यक्त भएको उनको भनाई थियो । नेपाल राष्ट्रआज रोइरहेको छ । देश र समाज रुपान्तरणका लागि राजनीतिमा होमिएकी चुडाल भन्छिन,‘भ्रष्ट नेताहरुले जनताको भावनालाई कुल्चिएर बिश्वको एकमात्र हिन्दुराष्ट्रलाई समाप्त पार्दै धर्म निरपेक्ष राष्ट्रघोषणा गरेका छन् जनताले अव व्यालेटबाट त्यसको जवाफ दिन सक्नु पर्छ ।’ चुँडालले देश र धर्म रक्षाको लागि राप्रपालाई पहिलो शक्तिको रुपमा स्थापित गर्न र धर्म र देशको रक्षको लागि हातेमालो गर्न आग्रह गरिन् । राप्रपाले घुृस खानु आमाको रगत खानु सरह भएको बताउँदै आएको छ । राप्रपाले जिते भ्रष्टचार अन्त्य हुनेमा नगरवासी आशावादी देखिन थालेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु