काँग्रेससँग सहकार्य गरेर अघि बढ्दा समाजवाद आउँदैन ः अग्नी खरेल

2022-05-02 मा प्रकाशित

मेचीनगर, १९ बैशाख । नेकपा एमाले झापा इन्चार्ज अग्नी खरेलले नेपाली काँग्रेससँग सहकार्य गरेर अघि बढ्दा समाजवाद नआउने बताएका छन् । सोमबार मेचीनगर–१३ स्थित चारआली चोकमा आयोजित घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई व्याङ्ग गर्दै खरेलले सो कुरा बताएका हुन् ।
मेचीनगरको मेयर पदका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकी नेताहरुको भन्दा जनताको कुरा सुन्ने लोकप्रिय नेता भएको र सबै जनताले मत दिए विजयी गराउन अनुरोध गरे ।

कार्यक्रममा मेचीनगरको मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले नगरमा धेरै समस्याहरु रहेकोले त्यस्को चरणबद्व रुपमा हल गर्दै जाने बताएका थिए ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य देवेन्द्र दाहाल, केन्द्रीय सल्लाहकार सदस्य विष्णु प्रसाई, पैदेश कमिटी सदस्य राजु कार्की, झापाका प्रचारप्रसार विभागका प्रमुख गोपाल काफ्ले, प्रदेश सांसद श्रीप्रसाद मैनाली, मेयरका उम्मेद्वार बुढाथोकी, उपमेयरकी उम्मेद्वार उप्रेती, १३ नम्बर वडाध्यक्षका उम्मेद्वार कृष्णराज सिग्देल, वडा सदस्यहरु रविन्द्र न्यौपाने, ऋषिराज राजबंशी, तुलसा काफ्ले बराल, रीता परियार लगायतको उपस्थिती रहेको थियो ।

एमाले मेचीनगर–१३ का अध्यक्ष भोजराज पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रचार प्रसार समितिका सचिव बद्री भट्टराईले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु