राप्रपाले तीब्र बनायो मेचीनगरमा घरदैलो अभियान

2022-05-02 मा प्रकाशित

मेचीनगर । मेचीनगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगरले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । आगामी वैशाख ३० गते हुन् गईरहेको स्थानीय तह निर्वाचनको लागि राप्रपा मेचीनगरका मेयरका उम्मेदार रमेश दाहाल र उपमेयरका उम्मेदार सविना बजगाई र वडा अध्यक्षका उम्मेदारीले चुनावी अभियानलाई तिब्रता दिएका हुन् ।

मेचीनगर( १ र मेचीनगर( ६ भानुटोलमा घरदैलो अभियान भएको राष्ट्रिय युवा संगठन राप्रपा मेचीनगरका सचिव बिनोद रिमालले जानकारी दिए । घरदैलो कार्यक्रममा नगरमा आमुल परिवर्तनका लागि राप्रपालाई मत दिएर जिताउन सबै नगरका जनतालाई मेयरका उम्मेदार दाहालले आग्रह गरेका छन ।

त्यसैगरी, उपमेयरका उम्मेदार सविना बजगाईले हाम्रो उम्मेदवारी मेचीनगरलाई भ्रष्टाचार मुक्त र सुशासन युक्त बनाउनका लागि हो । गरिबहरूले पनि बाँच्न पाउने आधार हामी बनाउँछौँ । शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिन्छौं । मेचीनगरलाई स्मार्ट नगर बनाउँछौँ भनेर झुट बोल्दैनौं राम्रो मेचीनगर निर्माणको लागि नगरका जनतालाई राप्रपालाई मत दिएर विजयी गराइदिन हुन आग्रह गरेकी छिन । उक्त चुनावी घरदैलो अभियानमा राप्रपाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु